eNepal

नेपाल फेस्टिबल मेल्वर्नको गाला डिनर आज, बिभीन्न राज्य संयोजकहरुको भनाई यस्तो छ

नेपाल फेस्टिबल मेल्वर्नको चर्चा जति हुने गरेको छ त्यति नै अघिल्लो दिन आयोजना हुने गाला डिनरको पनि उत्तिक्कै चर्चा परिचर्चा हुने गर्दछ । फेस्टिवलमा सहभागि हुन आउने पाहुनाहरुको लागि विशेष स्वागत गर्दै उपस्थित सबैजनाबीच चिनजान र सम्पर्क होस् भनेर यो अवसर जुटाइएको हुन्छ । त्यसैले पनि नेपाल फेस्टिबलसँगै यो गाला डिनरको पनि प्रतिक्षा सबैलाई हुनेगर्दछ ।

यसपाली नेपाल फेस्टिबलको गाला डिनर सेप्टेम्बर ९ साँझ साढे ५ बजेदेखि १० वजेसम्म स्टोनिया हाउसमा हुँदैछ । गाला डिनरलाई सगरमाथा क्लवले म्यानेज गर्दैछ भने डिनरको शुल्क सय डलर राखिएको छ ।

हामीले गाला डिनरको अनुभव साट्न एनआरएनए स्टेटका हरेक कोअडिनेटरहरुसँग कुराकानी गरेका थियौ । त्यही कुराकानीमा आधारित प्रस्तुत छ एक रिपोर्ट :

हरि खड्का (भिक्टोरीया, कोअर्डिनेटर)

गाला डिनरको तयारी सबै सकिसकेको छ । गाला डिनरको लागि भटाभट रजिष्ट्रेसन पनि भइरहेको छ । गाला डिनर नेपाल फेस्टिबलको एउटा सुन्दर पक्ष हो भन्न चाहन्छु । वभिन्न राज्यबाट आउनुभएको सबैजनासँग भेटघाट, गफगाफ हुँदा एकदमै नेपालमा नै कुनै चाडपर्वमा सबैको भेट भएकोे जस्तो अनुभव हुन्छ । भिक्टोरीयामा मात्रै होइन अरु स्टेटको गाला डिनरमा पनि त्यही अनुभव सबैले गर्छन् र गाला डिनर आयोजना गर्नुको मुख्य उद्देय पनि यही हो ।

देब गुरुङ्ग (एनएसडब्लू, कोअर्डिनेटर)

म शुक्रबार विहान नै मेल्वर्न आउँदै छु र साँझ गाला डिनरमा पक्कै पनि उपस्थित हुन्छु । मेरो विगतको अनुभवले भन्छ–मेल्वर्नको नेपाल फेस्टिबल जति भव्य भएको छ त्यति नै भव्य गाला डिनर पनि भएको छ । विभिन्न व्यक्तिहरुसँग परिचय हुने, विभिन्न स्टेटको एनआरएन साथीहरुसँग भेटघाट भलाकुसरी हुने देखि, समयको अभावले भोलिपल्ट स्टेजमा बोल्न नभ्याउने विभिन्न पदाधिकारीहरुले बोल्न पाउने भएकोले एउटा राम्रो अवसर पनि हो गाला डिनर भन्न चाहन्छु । कोरोनाको महामारीले एकवर्ष नेपाल फेस्टिबल हुन पाएन र यो वर्ष विभिन्न स्टेटमा फेस्टिबल हुँदैछ । हामीले पनि सिड्नीमा यही अक्टोबरमा आयोजना गर्दैछौँ । मेल्वर्नको फेस्टिवलको अनुभवले पक्कै पनि हाम्रो

विनोद आचार्य (क्वीन्स्ल्याण्ड, कोअर्डिनेटर)

विगत एक दशक देखि म एनआरएनएको विभिन्न पदमा रहेर काम गरिरहेका छु त्यसैले पनि मलाई नेपाल फेस्टिबलको र गाला डिनरको अनुभव छ । म पहिलो पटक मेल्वर्नको गाला डिनरमा सहभागि हुँदैछु त्यसैले पनि उत्साहित सँगै अलि अलि उत्सुकता पनि छ ।

गाला डिनरका सुन्दर पक्षहरु धेरै छन् । जहाँसम्म मलाई लाग्छ गाला डिनरमा उठेको रकमहरुबाट केही प्रतिशत एनआरएनएको सोसल वेल्फेयर फण्डमा जाने गर्दछ । यो हिसावले पनि यो रक आपत्तिकालिन अवस्थामा मानिसहरुलाई आर्थिक सहयोग गर्न पुग्छ । त्यसका साथै गाला डिनरमा सबजनाले आ आफ्नो राज्यको नेपाल फेस्टिवल लगायत अरु कार्यक्रमहरुको पनि अनुभव सेयर गर्न पाउँछन् , आउँदो कार्यक्रमहरु कसरी गर्ने भनेर सल्लाह गर्न सकिन्छ,मेल्वर्नबाट केही सिकेर जान सक्छौ । मेल्वर्नको यो भिजिटबाट नोबेम्बरमा हुन गइरहेको ब्रिस्वेनको नेपाल फेस्टिवललाई अझ माझ्न धेरै नै सहयोग हुने मैले विश्वास लिएको छु ।

अशोक बस्नेत (एसीटि, कोअर्डिनेटर)

एनआरएनए अष्ट्रेलियाको नेपाल फेस्टिवल एउटा सिग्नेचर कार्यक्रम हो । यस दिन  नेपाली कला, संस्कृति, भाषा, खाना तथा अनेकतामा एकता झल्काउने प्रस्तुतीहरुको प्रत्यक्ष्यदर्शी थुप्रै हुन्छन् । यो फेस्टिवलले हाम्रो पुस्तालाई मात्रै नभई दोश्रो पुस्ता देखि यहाँको बहुसाँस्कृतिक व्यक्तिहरुलाई पनि आकर्षण गर्दछ । यदि अष्ट्रेलियाकै नेपाल फेस्टिवलको इतिहास हेर्ने हो भने मेल्वर्नको नेपाल फेस्टिवल सधै उदाहरर्णीय र रचनात्मक भएको हामीले पाएको छौ । त्यसैकारणले पनि यसपाली के नौलो होला भनेर हामी सबै उत्सुक छौँ । हामीहरु शुक्रबार विहानै आउने भएकोले बेलुकाको गाला डिनरमा पनि सहभागि हुनेछौ । यो गाला डिनर अर्को राम्रो पक्ष हो । भेलिपल्टको कार्यक्रमको लागि वाम अप हो यो गाला डिनर । भोलिको कार्यक्रम कसरी हुँदैछ , कार्यक्रमको झलकहरु के के हुनेछ भनेर जानकारी लिन सकिने एउटा साँझ पनि हो यो गाला डिनर । त्यसैगरी देश विदेशबाट आउनुभएको विभिन्न पाहुनाहरु लगायत भिक्टोरीयाको पनि मल्टिकल्चर मान्छेहरुसँग भेटघाट, गफगाफदेखि अन्य धेरै उपलब्धिपूर्ण संवाद हुने भएकोले गाला डिनरको छुट्टै महिमा छ । क्यानवेरामा पनि हामीले पहिलो पटक यही फेब्रुअरीमा नेपाल फेस्टिवल गर्ने तयारीमा छौ र आशा गरेका छौ मेल्वर्न लगायत अन्य राज्यहरुको जस्तै हाम्रो स्टेटको फेस्टिवल पनि भव्य हुनेछ ।

विष्णु चापागाईँ (एनटी, कोअर्डिनेटर)

मेरो स्वाथ्य स्थितीले गर्दा यसपाली नेपाल फेस्टिबल मेल्वर्न तथा गाला डिनरमा आउन नपाउने भएको छु । तर पनि नेपाल फेस्टिवल राम्ररी सम्पन्न गर्न म नेपाल फेस्टिवल मेल्वर्नको टिमलाई शुभकामना दिन चाहन्छु । कोरोनाको महामारीपछि पहिलो पटक नेपाल फेस्टिवल डार्विनमा यही जुन ४ मा भएको थियो । अपस्थित व्यक्तिहरु सबैजना उत्साहित हुनुहुन्थ्यो र मलाई आशा छ मेल्वर्नमा पनि यस्तै उत्साह छरियोस् भन्न चाहन्छु ।

दिपक बस्नेत (वेस्टर्न अष्टेलिया, कोअर्डिनेटर)

म लगायत अन्य साथीहरु नेपाल फेस्टिवल तथा गाला डिनरमा उपस्थित हुनको लागि मेल्वर्न आउँदैछौ । नेपाल फेस्टिवलसँगै मेल्वर्नको सुन्दरता हेर्न हामी सबै आतुर छौ । एनआरएनए भिक्टोरीयाको टिम लगायत नेपाल फेस्टिवलमा जोडेर काम गर्नुभएका सबै जनाको मेहेनत हामीले महसुस गर्न सक्छौ र यो मानेमा पनि फेस्टिवल भव्य हुनेमा दुईमत छैन । वास्तवमा गाला डिनर नेपाल फेस्टिवललाई सुनमा सुगन्ध थप्ने एउटा साँझ हो । उक्त साँझमा विभिन्न स्टेटबाट विभिन्न एनआरएनए पदाधिकारी लगायत, नेपालबाट र अन्य देशबाटपनि आउनुभएको पाहुनासँग साक्षात्कार हुन्छ । यही मौकामा सबैलाई एकमुष्ठ स्वागत र धन्यवाद पनि दिन पाइन्छ । पाहुनाहरुलाई मात्रै होइन दिनरात खट्नुभएको भोलियन्टरहरु, कलाकार देखि स्पोन्सरर्सहरुलाई पनि धन्यवाद दिने यो एउटा उत्तम अवसर हो । पर्थमा पनि यही नोम्बेर २६ मा नेपाल फेस्टिवल हुँदैछ र पक्कै पनि मेल्वर्नबाट हामीले केही नौलो अनुभव लिएर जानेछौ ।

 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349