eNepal

अस्ट्रेलीयामा एकदिन

साँझको समय थियो, खाटको एक कुनामा पानीको बोत्तल र केहि ओखतीका प्याकेट राखिएका थिए| शरीर खाटमा लम्पसार परेको थियो| सायद ज्वोरोले होला दुईओटा ब्ल्याङ्केट खप्टिदापनि जाडो नै थियो| कीशन र सुबेदी भाइ काममा गएका थिए| दाइभाउजुको पनि आज घुम्न जाने प्लान भएकाले घरमा कोहि थिएनन्| दिउँसोको एक चक्की ओखती खाएर खाटमा एक्लै मोबाइल खेलाउन थाले| आफैले कमाउनुपर्ने भएकाले होला गेम र फेसबूकभन्दा पहिला बैंकको एप्लिकेसनामा हात गयो| काम नगरेको पनि हप्तादिन भैसकेको अनि औषधी उपचारमा भएको खर्चले गर्दा खाताको पैसा ओरालो लागेर ३०० मात्र बाँकी थियो| महिनाको भाडा, मोबाइल अनि अरुको बिल् सम्झिन मन लागेन, मोबाईल सिरानीमा राखे|

अरुबेला याद नआए पनि दुख परेको बेला चै आमा र बाको निक्कै याद आउदो रहेछ| खालि दिमागमा पुराना यादहरु यसरि खेल्न थाले कि कुनै मैदानमा रियल मेड्रिड र बार्सिलोनाको म्याच भैरा छ| स्कुल, कलेज, आमाको स्याहार देखि बिहे, भतेर, र नाइट पार्टीका सबै सम्झानाहरुले एकैसाथ झड्का हान्न थाले| दिमागमा धेरै कुराहरु खेलाएर मानसिक तनाब बढाउन चाहिन र सिरानीको मोबाईल निकालेर खल्तिमा हालेर पार्कतिर जने बिचार गरे| घर भित्रै गुम्सेर बस्नुभन्दा बहिरको ताजा हावाले शरीरमा ताजपन आउने आशा थियो|

टेबुलमा राखेको एअरफोन कानमा हालेर गीत सुन्दै बहिर निस्के| कस्ले भन्छ सम्झानाहरु फोटामै मात्र कैद हुन्छन्, कुनै गीतहरुले फोटो नहेरीनै बितेका पलको झल्को दिलाइदिन्छन्, आँखा रसाइदिन्छन्| कहिलेकाही लाग्छ गायकले मेरै जिन्दगीको बारेमा गीत गाइरा छ| एअरफोनमा बजिराको लाहुरेदाइको गीत “लाहुरे” ले एक्छिन भवूक बनाइदियो| हो त्यो देशलाई मेरो खाचो छ र मलाई पनि देश मै केही गर्न मन थियो र अझै पनि देशमै गएर केही गर्ने अब्बल सोच राखेको छु| आफ्नो फिवुचरको लागि फेमेलिदेखी टाढिएको थिए म| आमालाई घरको गेटदेखी नै भोक लागो तिम्रो छोरोलाई भात पस्किउ भनेर कराको आवाज आझै कानमा गुन्जिन्छ| बा खाना खानेबेला मोटर्साइकलको चाबी लुसुक्क टेबुलबाट झिकेर हर्न बजाउदै एक फन्को टोल घुम्नुको मजा छुट्टै थियो|

अरु दिनभन्दा त्यो दिन पार्क छिट्टै पुगे जस्तो लाग्यो| पार्कमा पुगेर बेन्च नजीकैको धारामा पानी पियेपछि सम्झिए ओहो ज्वोरो आको छ भन्ने कुरा| काम बिगारिसकेपछी सम्झिने धेरैमध्यको एक नराम्रो बानी हो मेरो|

डोटेल काजी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349