ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिद्धारा गैर आवासिय नेपाली संघ भिक्टोरियाकी महिला संयोजक राशी सिंह ठकुरीको प्रमुख आतिथ्यतामा तीज कार्यक्रम सम्पन्न गरेको छ ।
मन्तब्य दिने क्रममा ठकुरीले तीजको संक्षिप्त जानकारी दिंदै नेपाली संस्कृतिको संरक्षण र प्रबर्द्धनको लागि नेपाल फेस्टिभल मेलबर्न २०२२ मा सकृय सहभागी हुन आग्रह गरिन भने कल्चरल जनरल मैनेजर रेजिडेन्सियल लुबा प्रिस्लाकले सांस्कृतिक बिबिधताको केन्द्रको रुपमा मानिने जिलोङमा एकार्काको कार्यक्रममा सहभागिता र ऐक्यबद्धता जनाउनको लागि आह्वान गरिन ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको समेत उपस्थिति रहेको कार्यक्रमको सन्चालन सुस्मिता महत र ज्ञानेन्द्र उप्रेतीले गरेका थिए जस्मा संस्थाका अध्यक्ष डा सन्तोष पाण्डेले स्वागत मन्तब्य दिएका थिए भने संस्थाकी उपाध्यक्ष अनामिका श्रेष्ठद्धारा कार्यक्रमलाई सफल तुल्याउन योगदान दिने सबैलाई धन्यवाद दिंदै आभार प्रकट गरिन ।
कार्यक्रमको शुरुवाती आश्मा खरेल ज्ञवाली, पुष्पा आचार्य, र अन्जली अर्यालद्धारा स्वागत नाच गरिएको थियो भने केटाकेटीहरुको लागि रमाइलो खेलको पनि आयोजना गरिएको थियो ।