eNepal

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

अष्ट्रेलियाको सिड्नीमा तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप २०२२ सम्पन्न भएको छ।प्रतियोगिताको फाईनलमा सेन्ट जर्ज नेप्लिजलाई ० का बिरुद्ध १ गोलले हराउँदै मेल्बर्न अल स्टार्सले उपाधी जित्न सफल भएको छ।

मेल्वर्न अल स्टार्समा यस पटक यती फुटबल क्लब, युनाइटेड फुटबल क्लव र क्रेगीबन बिग्रेड फुटबल क्लवको समिश्रण रहेको थियो।

प्रतियोगितामा छ जना नेपाली रास्ट्रिय खेलाडीहरु सुमन लामा, आशिष लामा, एलान न्यौपाने, सन्तोष तामाङ, दर्शन गुरुङ र नविन गुरुङले सहभागीता जनाएका थिए भने एकजन तुलाधर, निराजन गुरुङ, सुरज श्रेष्ठ, मन्दीप बस्नेत, अजय गुरुङ, उकेश श्रेष्ठ, पंकज लामिछाने, भिषण गुरुङ र सुन्दर कार्कीको समेत सहभागीता रहेको थियो।

मेल्वर्न अल स्टार्सका लागि मेनेजरमा दिपु गुरुङ र कोचमा विशाल गुरुङ रहनु भएको थियो।

विगतका वर्षहरुमा जस्तै यस वर्षपनि फेवा एफसी फूटबल क्लबको आयोजनामा गत अगष्ट १४ आइतवारका दिन अवर्नको बेब्स एभिन्यूमा २४ टिमका बिच प्रतियोगीता भएको थियो।

प्रतियोगितामा प्रथम हुने मेल्वर्न अल स्टार्सले ४ हजार अष्ट्रेलियन डलरसहितको पुरस्कार हात पार्न सफल भयो भने उपविजेता सेन्ट जर्ज नेप्लिजले १५ सय डलर हात पार्न सफल भएको थियो। प्लेयर अफ द टुर्नामेन्ट सन्तोष तामाङ भएका थिए। उनले १ सय डलर हात पार्न सफल भए।सबैभन्दा बढी स्कोर ल्याउने दर्शन गुरुङले ४ गोल सहित १ सय डलर हात पार्न सफल भए।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349