नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आगामी दुई वर्ष अर्थात २०२२-२०२४ को नयाँ कार्यसमितिले पूर्णता पाएको छ।
नयाँ कार्यसमितिमा अध्यक्ष पदमा प्रेमराज उप्रेती, उपाध्यक्षमा महिला तर्फ ललीसा थापा र पुरुष खुला तर्फ कृष्ण प्रसाद चालिसे, कोषाध्यक्षमा यकिन्द्र प्रसाद तिमील्सिना, कार्यकारी समिती सदस्यहरुमा उज्जवल अधिकारी र निराजन रेग्मी चयन गरिसकेको थियो।
नवगठित कार्यसमितिको पहिलो बैठकबाट कार्यसमितिलाई पूर्णता दिदै सचिवमा अष्ट्रेलियाका कानून व्यवसायी माधव खरेल मनोनित भएका छन् भने आलोक पौडेल, दीपक चन्द, लक्ष्मण सन्जयाल र प्रिती सापकोटालाई पनि कार्यकारी सदस्यको रुपमा मनोनित गरिएको छ ।
सन् १९९७ मा स्थापना भएको न्याभले निर्वाचन मार्फत हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्ने गर्दछ।यस अघि सन् १९९७-२००१ मा डा. राजु अधिकारी, सन् २००१-२००३ मा स्वर्गीय बेनु अधिकारी २००३-२००७ मा रन्जन बैध, २००७-२००९ मा डा. दिपकराज पन्त, सन् २००९-२०१४ मा बम योन्जन, सन् २०१५-२०१६ मा सुधीर शाक्य, सन् २०१६-२०१८ मा डा. अनुपम पोखरेल, सन् २०१८-२०२० मा तारा गैरे र सन् २०२०-२०२२ मा राम गुरु्ङ अध्यक्ष रहनु भएको थियो।