eNepal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड युवाहरुको ढुकढुकी बन्न पुग्यो र व्याण्डले प्रस्तुत गरेको गायन त झन् सबै उमेरको लागि साँगीतकि वरदान नै भयो । के शहर, के गाउँ, के देश, के विदेश सबै गाउँ वेशी, कुना र कन्दरामा मौलिक शब्दहरुको बोल लोकपप गुन्जिन थालियो । अनि लोकपपसँगै मेरोडि गीतहरु पनि त्यसरी नै कुना–कन्दरासम्म वेजोड गुन्जिरहँदा ब्याण्ड ‘कन्दरा’ को चर्च सगरमाथा झैँ चुलिन थाल्यो । दुई दशक वितिसक्दा पनि कन्दराको चर्चा सेलाउन सकेको थिएन । त्यसको राफ अझैँ पनि देश विदेशमा बस्ने नेपालीहरुबीच रहिरह्यो । अनि यो राफबाट अष्ट्रेलियाको पनि अछुतो रहन सकेन । नेपाल फेस्टिबल मेल्वर्नको निमन्त्रणामा २०१६ डिसेम्बरमा कन्दरा ब्याण्ड आफ्नो प्रस्तुती दिन स्टेज चढ्यो र जब व्याण्डका लेजेण्ड भोकलिष्ट विवेक श्रेष्ठले माइक समातेर हेलो मेल्वर्न मात्रै के भनेका थिए फेडेरेसन स्क्वारको त्यो विशाल भीड खुशीले पागल भएँ । जब गायक श्रेष्ठले आफ्ना एकपछि अर्को कालजयी गीतहरु पस्कन थाले त्यसपछि माहोल झन् चम्किन थाल्यो । उनै स्वरकाधनी लेजेण्ड गायक विवेक श्रेष्ठसँग उहाँको नेपाल फेस्टिबलमा सहभागि हुँदाको पलको बारेमा प्रस्तुत गर्दछौ संक्षिप्त अनुभवः

 अहिले मेल्वर्ननै आफ्नो कर्मथलो बनाउनुभएको छ । सम्रगमा मेल्वर्न कस्तो लाग्छ ?

मेल्वर्न संसारमा बस्न लायक ठाउँमध्ये एउटा रहेको छ र यो अनुभव मलाई २०१२ मा मेल्वर्न आउँदा नै भएको थियो । त्यतिखेर नै मैले यो शहरलाई भविष्यमा कर्मथलो बनाउँछु भन्ने परिकल्पना गरिसकेको थिए । र यो परिकल्पना अहिले साकार पनि भएको छ । मेल्वर्नको हावापानीले कहिलेँकाँहि सताएपनि यहाँको मानिसहरुको हार्दिकताले भने धेरै माया ममता दिएको छ । पक्कै पनि मेल्वर्नको सुन्दरताले मन छोएको छ ।

 २०१६ डिसेम्बर मा नेपाल फेस्टिबल मेल्वर्नमा प्रस्तुती दिनुभएको थियो । त्यतिखेरको त्यो प्रस्तुती सायद कमैले याद नगर्ला तर तपाइँले कतिको याद गर्नुभएको छ ?

त्यो फेस्टिबल विभिन्न कारणले यादकार छ । कन्दरा व्याण्डको अष्टेलिया पहिलो पल्टको टूर र प्रस्तुती थियो । मेल्वर्न लगायत अन्य शहरहरुमा पनि हामीले प्रस्तुती दिएका थियौ त्यतिखेर । फेडेरेशन स्क्वायरमा हाम्रो प्रस्तुती र दर्शकहरुको उपस्थिती त भव्य छँदै थियो । त्यो लेबलको फ्यानको माया र सद्भावना अहिलेसम्म मनमुटुमा नै याद बनेर बसेको छ । अनि त्यो भन्दा पनि अझ स्पेशल रुपमा भन्दा मैले त्यो दिन मेरो जीवनसँगीनीलाई स्टेजबाट पहिलोपटक देखेको थिए । मैले त्यो दिनै उनीसँगै भेटेँ । त्यसैले पनि २०१६को नेपाल फेस्टिबल मेरो लागि यादगार रहिरह्यो ।  

कस्तो अुभव गर्नुभएको थियो नेपाल फेस्टिबल मेल्वर्नमा प्रस्तुती दिँदा?

हरेक गायक, संगीतकार, ब्याण्डको एउटा सपना हुन्छ, ठूलो भीडमा म्यूजिकल कन्सर्ट गर्ने । हो, हामी कन्दरा व्याण्डले पनि त्यो दिन फेडेरेसन स्क्वायरको त्यो आँखाले भ्याउँन्जेल भीडमा प्रस्तुती दिन पाएका थियौ । त्यो सपना पुरा भएकोमा खुशीसँगसँगै अलि भावुक पनि भएको थिए । एनआरएनए भिक्टोरीयाको टिक लगायत नेपाल फेस्टिबलको टिमप्रति त्यो अवसरको लागि ह्दयदेखिनै धन्यवाद दिएँ । समग्रमा सबैप्रति धेरै सकारात्मक अनुभव भएको थियो ।

 लेककी हे माया गाउँदा गाउँदै मेल्वर्नकी मायासँग मायाप्रिति भयो , यसको श्रेय नेपाल फेस्टिबल मेल्वर्नलाई दिनुहुन्छ?

पक्कै पनि यसको श्रेय नेपाल फेस्टिबल लगायत एनआरएनए भिक्टोरीयाको टिमलाई जान्छ । फेरिपनि धन्यवाद भन्न चाहन्छु ।

 समग्रमा नेपाल फेस्टिबल मेल्वर्नलाई कसरी व्याख्या गर्नुहुन्छ? 

एकदमै भव्य अनि सब्य पनि । मेल्वर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा दिनभरी पचास हजार भन्दा बढी मानिसहरुलाई आफ्नो कला संस्कृती र भेषभूषाले तान्न सक्ने एउटा ठूले साँस्कृतिक फेस्टिबल हो । यस फेस्टिबलले नेपाली कला, संस्कृति, भाषा, नृत्य, भेषभूषालाई मात्रै नभइ नेपाली संगीतलाई पनि उच्च स्थान र अवसर दिएको छ त्यसैले पनि म यस फेस्टिबललाई विशेष रुपमा व्याख्या गर्दछु ।

 लामो समय यू के पनि बसेर आउनुभयो । त्यहाँको नेपाल फेस्टिबलहरुमा पनि सहभागि हुनुभयो होला । त्यहाँ र यहाँमा के समान र के भिन्नता पाउँनुभयो?

नेपालको कला संस्कृति, संगीत झल्काउने एउटै उद्देश्य रहेकोले यसलाई समानताको रुपमा हेर्न सकिन्छ । डायस्पोरामा बस्नेहरु सबैले सानो नेपालको निर्माण गरेर नेपालीपन महसुस गराउने गरेको छ त्यसैले पनि उद्देयमा समानता रहेको तर फेस्टिबलको व्यवस्थापन गर्ने तरिकामा अलि भिन्नता हुन सक्ला ।

 एनआरएनहरु धेरैसँग काम गरिरसक्नुभएको छ । कस्तो लाग्छ एनआरएनहरुसँग सहकार्य गरेर काम गर्दा? 

म पनि एउटा एनआरएन हुँ त्यसैले पनि म अरुसँग काम गर्दा आफूपनि रहेर काम गरेको महसुस गर्दछु । हामी सबै मिलेर काम गर्ने हो र हामी सबैले मिलेर गरेको काम र सहकार्य राम्रो लाग्दछ ।

यो पटक पनि नेपाल फेस्टिबलमा आफ्नो प्रस्तुती दिदैँ हुनुहुन्छ?

हामीलाई प्रस्तुतीको प्रस्ताव चाँहि आएको थियो तर केही कारणवश हामीले यो वर्ष प्रस्तुती दिन नसक्ने भएका छौ ।

नेपाल फेस्टिबल मेल्वर्न सफल बनाउन आयोजकहरुले के के कुरामा ध्यान दिनुपर्दछ ?

फेस्टिवलको आयोजकहरु धेरै नै अनुभवी हुनुहन्छ ।उहाँहरुलाई  के के कुरामा ध्यान दिनुपर्छ भनेर धेरै ज्ञान पनि छ । कला र संस्कृतिको विविधतामा अझै जोड दिन सकिन्छ यसवर्ष । लामो लकडाउन र तिव्र कोभिडको महामारी पछि यति वृहत कार्यक्रम भएरहेको छ । कोभिडको संक्रमण अझैपनि समुदायमा यथावत रहेकोले कोभिडको नियम पालना गरेर फेस्टिवलमा सहभागि हुनुपर्छ जस्तो लाग्छ । जस्तै सकेसम्म मास्क लगाउने, स्यानिटाइजर लगाउन नभुल्ने । यो सँगै फेस्टिवलको दिन वरीपरीको पप, क्लबहरु व्यस्त हुन सक्ला । मदिरा सेवन गरेर दुर्धटना हुनसक्ने चान्स पनि धेरै हुनसक्ला त्यसैले यसमा पनि विशेष ध्यान दिन सकिएला ।

 

नेपाल फेस्टिबल मेल्वर्नले अतिथि कलाकारहरुलाई उचित सम्मान दिएको जस्तो लाग्छ?
अरु देश भन्दा अष्टेलियाले अतितिथलाई राम्रोसँग सम्मान दिएको मैले अनुभव गरेको छु ।

अन्त्यमा नेपाल फेस्टिबलको आयोजक टोलि तथा आफ्नो फ्यानहरुलाई के भन्न चाहनुहुन्छ? 

आयोजक टिमलाई अग्रीम बधाई तथा शुभकामना दिन चाहन्छु । आशा गर्यौ अर्को पटक कन्दरा व्याण्डले नेपाल फेस्टिबलमा प्रस्तुती दिनेछ । कन्दरा व्याण्डले अब विस्तारै नयाँ नयाँ गीतहरुपनि ल्याउने तयारीमा रहेको छ । त्यसको लागि पनि म नेपाल जादैँन्छु । हामीलाई यति धेरै माया र सद्भावना दिनुभएकोमा सबैप्रति आभार छौ ।  

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349