eNepal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

आँखामा सपना मुटुमा देश बोकेर  समुद्र  पारि  कर्मथलो बनाउने नेपालीहरूको  रोजाईको  देश  मध्य  अष्ट्रेलिया एक प्रमुख देश हो।कर्मभुमी जहाँ भएपनि मातृभूमि प्रतिको प्रेम र सद्भावमा कत्ति पनि कमी हुन नदिने नेपाली मनको विशेषता नै हो।नेपाली कला संस्कृति, भाषासाहित्य र नेपालको पर्यटकीय प्रवद्धन गर्ने उद्देश्य बोकेर एनआरएनए भिक्टोरियाले  आगामी सेप्टेम्बर १० तारिखका दिन मेलबर्नमा नेपाल फेस्टिबलको आयोजना गर्दैछ। यतिबेला उक्त महोत्सवको लागि मेलबर्न र आसपासमा रहेका नेपाली संघसंस्था र सामाजिक अभियान्ताहरु तीव्र तयारीमा लागिरहेका छन । यसै बीचमा  नेपाल फेष्टिबलको अतिथि  व्यवस्थापनको जिम्मा सम्हाल्नुभएका समाजसेवी बम योन्जन सँग अतिथि व्यवस्थापनको तयारीका विषयमा कुराकानी गरेका छौं।

नेपाल फेष्टिबलको गरिमा र महत्वबारे प्रष्ट पारिदिनुस् न ?

नेपालको  सांस्कृतिक र पर्यटकीय हिसाबले विदेशीहरुलाई नेपालको बारेमा चिनाउने संस्कृतिको जगेर्ना गर्ने  र पछिल्लो पुस्तासम्म लाई सिकाउने र चिनाउने एउटा उत्सवको रुपमा मानिन्छ।

करिब एक महिना बाँकी रहँदा फेस्टिवलको तयारी कत्तीको रफ्तारमा गरिरहेको छ?

सम्पूर्ण तयारी आआफ्नो क्षेत्रबाट नेपाली समुदायका अगुवाहरुले गरिराख्नुभएको छ। मलाई अतिथि व्यवस्थापनको जिम्मा भएको हुँदा यहाँको स्थानीय क्षेत्रबाट आउने अतिथिहरू  करिबकरिब 120   जना अतिथिलाई  निमन्त्रणा  पठाई सकेका छौं ।

कुन कुन क्षेत्रका अतिथिलाई समेट्नु भएको छ र खासगरी प्रमुख अथिति  को रहनुहुनेछ  टुंगो लागिसकेको छ?

यो कार्यक्रम पर्यटन विशेष भएकोले पर्यटन मन्त्रालय विभागबाट र मल्टीकल्चरल विभाग बाट प्रतिनिधिहरु नछुटुन भन्ने हाम्रो उद्देश्य छ प्रमुख अथिति  भिक्टोरियाको प्रिमियरलाई  कोशिस गरेका छौं  प्रिमियर नआएको खण्डमा उहाँको कोही प्रतिनिधि रहनुहुनेछ।

कार्यक्रम खुला ठाउँमा हुने हुँदा भिड हुने सम्भावना देखिन्छ यो अवस्थामा विशिष्ठ अतिथिहरुको सुरक्षा व्यवस्थापन र उहाँहरुलाई सहजरुपमा कार्यक्रम अवलोकन गराउनको लागी के कस्तो तयारी गर्नुभएको छ?

यो मल्टीकल्चरल कार्यक्रम भएको  हुँदा र विगतका अनुभव हेर्दा सुरक्षाका हिसाबले कुनै अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन यद्यपि यहाँको  स्थानीय सुरक्षा  विभागसँग सहकार्य  भने रहने नै छ र सहजरुपमा कार्यक्रम अवलोकन गराउनकालागि हामी सभ्य नेपाली हौं हामीले अतिथिको स्वागत र सम्मान गर्न जानेका छौं भन्ने कुरामा म विश्वस्त छु।

अतिथिलाई नेपालको कला संस्कृति बारे बुझ्न सहज बनाउन  भाषा अनुबाद को व्यवस्था गर्नुभएको  छ?

आमन्त्रित अतिथीहरु प्राय औपचारिक कार्यक्रममा सहभागी हुनेहुँदा औपचारिक कार्यक्रममा सकेसम्म अंग्रेजी  भाषा नै प्रयोग हुनेछ यसले गर्दा अप्ठ्यारो नहोला यद्यपि जरुरी परेको खण्डमा हामी संग प्रोफेशनल भाषा अनुवादक हरू पनि हुनुहुन्छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

नेपाल र नेपालीको इतिहास पहिचान बोकेको कला संस्कृतिको प्रचार गर्ने सिग्निचर ईभेन्ट भएको हुनाले हाम्रो शान,मान र गौरवको लागि सम्पुर्ण हाम्रो  समुदायलाई सक्रिय रुपमा भाग लिन को लागि अनुरोध गर्दछु।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349