eNepal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

गणेश कडेँल एनआरएनए भिक्टोरीयाको सचिवको रुपमा आवद्ध छन् । करिब १० वर्ष देखी अस्ट्रेलियाको मेल्बर्नमा बसिरहेका  कँडेल पेशाले नर्श हुन् भने समाजसेवा उनको रुचिको विषय हो । सात समुन्द्र पारी रहेर पनि नेपाली समाजको सेवा गरिरहन पाउँनु गौरभको कुरा रहेको बताउने कँडेल यसपटक नेपाल फेस्टिबलको तयारीमा व्यस्त देखिन्छन् । प्रस्तुत छ उनै सचिव गणेश कँडेलसंग संक्षिप्तमा गरेको कुराकानीः 

एनआरएनए भिक्टोरीयासँग कहिलेबाट आबद्ध हुनु भयो र एनआरएनएबाट नेपाली समाजलाई सेवा गर्दा कस्तो अनुभव भइरहेको छ ?

एनआरएनए भिक्टोरियामा अस्ट्रेलिया आएदेखिनै कुनै न कुनै रुपमा संलग्न छु। २०१७–१९ को कार्यकाल देखी कार्यसमितिकै विभिन्न पदमा रहेर काम गर्दै आएको छु । 

जस्तै?

२०१७–१९ को कार्यकाल देखी कार्यसमितिमा यूथ मेम्बर, २०१९–२१ मा स्टेट मेम्बरको रुपमा काम गरे।

नेपाल फेस्टिबलमा सचिवको हिसावले एकदमै सक्रिय रुपमा काम गरिरहनुभएको छ कस्तो हुदैँछ नेपाल फेस्टिबलको तयारी? 

नेपाल फेस्टिवल मेल्बर्नको तयारी तदारुकताका साथ भई रहेको छ। बिभिन्न टास्कफोर्सले आ–आफ्नो समूहमा काम गरिरहेका छन् । 

कस्ताकस्ता टास्कफोर्सहरु छन?

कल्चलर, स्पोन्र्सर, मिडिया,गेष्ट म्यानेजमेन्ट, भोलियन्टियर, डिजाइ एण्ड क्रियटिभ , प्रमोसन इत्यादि । 

नेपाल फेस्टिबल अरु बेलाको भन्दा यसपाली किन भिन्न र विशेष हुनेछ जस्तो लाग्छ ? 

लामो लकडाउन र कोरोनाको महामारीले गर्दा समुदायमा त्यति वृहत कार्यक्रमहरु भइरहेको थिएन । मानिसहरु नेपाल फेस्टिबलको प्रतिक्षामा रहेको अनुभवहरु पनि मैले व्यक्तिगतरुपमा सुनेको छु । त्यही कारणले पनि यस पटकको नेपाल फेस्टिबल अलि विशेष त भइहाल्ने छ अनि त्यही माथि यसपाली नयाँ ब्याण्ड, नयाँ नृत्य, प्रस्तुतीहरु भएकोले मानिसहरुले अलि भिन्न महसुस गर्न सक्दछन् ।

फेस्टिवलमा को को अतिथिहरुलाई निमन्त्रणा दिइएको छ ? 

धेरै वरिष्ठ अथितिहरूलाई निम्ता भै सक्यो तर केही प्रक्रियामा छ। हामी यो हप्ताभित्र सबैतिर निम्ता पठाई सक्ने तयरीमा छौं। नेपालका केही विशिष्ठ पाहुनाहरु ऋाउने हामीले अपेक्षा गरेका छौँ । त्यसैगरी भिक्टोरीयाको प्रिमियर, मंन्त्री, सासंद देखि मेयरहरु र अन्य श्रेत्रका उच्च तहमा रहेका व्यक्ति र संस्थाको प्रतिनिधिहरुलाई पनि बोलाएका छौ । नेपाली राजदूत देखि नेपाली महावाणिज्यदूत सबैलाई निमन्त्रणा दिइसकेका छौ । इन्टरस्टेटका एनआरएनए देखि अन्य विशेष व्यक्तिहरुलाई पनि निमन्त्रणा दिएका छौ । 

नेपाल फेस्टिबल प्रति समुदायको कस्तो धारणा रहेको पाउनुहुन्छ? 

एकदमै सकारात्मक, सबैजना काम गर्न सक्रिय र इच्छुक देखिनुहुन्छ । 

फेस्टिबललाई गुणस्तरीय बनाउन फेस्टिबल कमिटिले केके कुरामा ध्यान दिनुपर्छ र तपाइँहरुले दिइरहनुभएको छ ? 

नेपाल फेस्टिवल हामी सबै नेपालीको लागि एक विशेष दिन हो । सबैको साथले मात्र यो कार्यक्रम सम्पन्न गर्न सकिंछ । हामी सबैजना स्वयंमसेवक भएर नै दिनरात खटिरहेका छौ । हरेक टास्कफोर्समा काम गर्दा पनि हामीले डेडलाइन राखेर काम गरिरहेका छौ । टास्कफोर्समा सबैजना अनुभवी व्यक्तिहरु हुनुहन्छ । सबैजना एकजुट भएर काम गरिरहेको अनुभव मैले गरिरहेको छु त्यसैले पनि कार्यक्रम गुणस्तरीय हुन्छ । अनि यही एकतालाई नै कायम राख्दा राम्रो हुने मेरो बुझाई छ । 

अन्त्यमा केही भन्न चाहनुहुन्छ? 

तपाईहरु सबैलाई नेपाल फेस्टिवल मेल्बर्न २०२२ को चुले निम्तो दिन चाहन्छु । आज बाटै सेप्टेम्बर १० को लागी कामबाट समय मिलाउनुहोस्। फेडरेशन स्क्वायरमा विहानदेखि बेलुकीसम्म सबैलाई त्यही भेट्ने आशा गर्दछु । सबैमा नमस्कार ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349