eNepal

न्याभका १० औं अध्यक्षमा प्रेमराज उप्रेती निर्विरोध निर्वाचित

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आगामी दुई वर्ष अर्थात २०२२-२०२४ को नयाँ कार्यसमितिको नामावली प्रकाशित भएको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष पदमा प्रेमराज उप्रेती निर्विरोध निर्वाचीत हुनु भएको छ भने उपाध्यक्षमा महिला तर्फ ललीसा थापा र पुरुष खुला तर्फ कृष्ण प्रसाद चालिसे निर्विरोध निर्वाचीत हुनु भएको छ।कोषाध्यक्षमा यकिन्द्र प्रसाद तिमील्सिना  निर्विरोध निर्वाचीत हुनु भएको छ। त्यस्तै कार्यकारी समिती सदस्यहरुमा उज्जवल अधिकारी, निराजन रेग्मी निर्विरोध निर्वाचीत भएको प्रमुख निर्वाचन आयुक्त भोला गिरीले जानकारी गराउनु भएको छ।

निर्वाचन आयोगले न्याभ कार्यकारी समितिबाट मतदाता नामावली प्राप्त गरेपछि २०२२ जुलाई २३ मा हुने कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरूको अन्तिम नामावली प्रकाशित गरेको थियो।

समितीले कोभीड १९ प्रतिबन्धका कारण  इलेक्ट्रोनिक मतदान गरेको थियो।

आगामी दुई वर्षको लागि अध्यक्ष, दुई उपाध्यक्ष (एक महिला अनिवार्य), कोषाध्यक्ष, सचिव र सदस्यहरु चयन भएका हुन्।

सन् १९९७ मा स्थापना भएको न्याभले निर्वाचन मार्फत हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्ने गर्दछ।यस अघि सन् १९९७-२००१ मा डा. राजु अधिकारी, सन् २००१-२००३ मा स्वर्गीय बेनु अधिकारी २००३-२००७ मा रन्जन बैध, २००७-२००९ मा डा. दिपकराज पन्त, सन् २००९-२०१४ मा बम योन्जन, सन् २०१५-२०१६ मा सुधीर शाक्य, सन् २०१६-२०१८ मा डा. अनुपम पोखरेल, सन् २०१८-२०२० मा तारा गैरे र सन् २०२०-२०२२ मा राम गुरु्ङ अध्यक्ष रहनु भएको थियो।

आयोगले निर्वाचित सबै उम्मेदवारहरूलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ। यस निर्वाचन प्रक्रियालाई सहज र सफल बनाउनको लागि प्रयास गर्नुहुने सम्पूर्ण स्वयंसेवक, मतदाता, समुदायका अगुवा, सल्लाहकार, उम्मेदवार तथा अन्य सबै सामुदायिक सरोकारवालाहरुलाई निर्वाचन आयोगले धन्यवाद दिएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349