eNepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

केविसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुन लागेको धमाका २०७९ अष्ट्रेलिया टूर २०७९ सुरु भएको छ । टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी छन् । बिहीबार २१ जुलाईमा पर्थ आईपुग्ने यो टोलीले शुक्रबार त्यहाँको होटल चाल्र्समा आफ्नो प्रस्तुति दिँदैछ । पर्थको कार्यक्रमलाई वी केयर नेपालले आयोजना गर्दैछ । 

यस लगत्तै कमेडी र नेपाली मेलोडीको गज्जबको संयोजनसहितको यो टोलीले तास्मानियाको लन्चेष्टनमा आफ्नो प्रस्तुति दिनेछ । लन्चेष्टनको म्याक्स फ्राई हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यक्रमलाई लिएर त्यहाँको नेपाली समूदायका साथै नेपालीभाषी भुटानी समूदाय पनि निकै उत्साही छन् । मुख्यत पशुपति शर्माको क्रेज नेपालीभाषीमाझ अत्यन्तै धेरै देखिन्छ । अर्कोतिर तीजको समेत रमझम सुरु हुन लागेका कारण रचना रिमाल पशुपति शर्माको जोडीको यो प्रस्तुतिलाई धेरैले प्रतिक्षा गरेका छन् । यसमा कमेडीको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन थप्ने अपेक्षा छ । 

यस लगत्तै ब्रिसबेनमा ३० जुलाई शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा समेत तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गन्जिने आयोजक केविसी अष्ट्रेलियाले जनाएको छ । 

अष्ट्रेलिया टूरको संयोजन समेत गरिरहेका केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले ब्रिसबेनको नेपाली समूदायको माया पहिलो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी गायिका रचना रिमालले पाउने आशा व्यक्त गरे । यस्तै पशुपति शर्मा लगायतका कलाकारहरुलाई यसअघि मिल्दै आएको साथ यस पटक पनि प्राप्त हुने अपेक्षा उनको छ । ब्रिसबेनमा हामीले सबै समूदाय एकै ठाउँमा आएर, एकताबद्ध भएर आफ्नै सामूदायिक केन्द्र बनाउने अभियानमा एउटै मात्र भएपनि ईंटा थपौं भन्ने उद्देश्यका साथ हातेमालो गरेका हौं । उनले भने । 

यसपछि मेलबर्नमा अगष्ट १ तारिख सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा बल्ला बल्ला सामुदायिक केन्द्र Balla Balla Community Centre 65 Berwick-Cranbourne Rd, Cranbourne East VIC 3977 मा तीज धमाका २०७९ हुनेछ । मेलबर्नको पूर्वीक्षेत्रमा बसोबास गर्ने धेरै नेपालीको सहभागिता यसमा हुने अपेक्षा आयोजकको छ । यस लगत्तै नेपाली कलाकारहरुको टोलीले ४ तारिख क्यानबेरामा कन्सर्ट दिनेछ । डीबोइज ईभेन्टसको संयोजनमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज धमाका कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली कार्यक्रम पनि यहाँ बाक्लै भइरहेका छन् ।

यसपछि सिड्नीमा तीज मेला विथ कमेडी नाईट्स अगष्टको ६ तारिख शनिबार हुनेछ । फन्टाष्टिक ईभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ । सिड्नीमा यो नै तीजको पहिलो भव्य कार्यक्रम बन्ने अपेक्षा गरिएको छ । यसपछि अगष्टको ८ तारिख सोमबार एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश ईभेन्टसले संयोजन गरेको छ । डोम पोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अष्ट्रेलिया टूर सम्पन्न हुनेछ । 

धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ । विभिन्न शहरमा आयोजना हुने कार्यक्रमका लागि स्थानीयस्तरमा विभिन्न व्यवसायिक तथा गैर नाफा मूलक संघसंस्थाहरु समेत जोडिएका छन् ।

Related posts

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal