eNepal

नेपाफको प्रथम वार्षिक साधारण सभा सम्पन्

सन् २०१९ मा स्थापना भएको नेपाफ अर्थात् कृषि, बन र वातावरण क्षेत्रमा कार्यरत नेपाली मूलका  पेशागत विज्ञहरुको संगठन (Nepalese Association of Agriculture, Forestry and Environment in Australia, NEPAFE) को प्रथम वार्षिक साधारण सभा यही जुलाई ९ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। सो वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष डा. जगदीश तिम्सिना गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थापक सचिव डा. सीताराम घिमिरेले गर्नु भएको थियो।  सो कार्यक्रममा  नेपाल र अस्ट्रेलियाका विभिन्न राज्यहरुबाट नेपाफका मानार्थ सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु र विद्यार्थी सदस्य गरी कूल २८ जनाको उपथिती रहेको थियो। अस्ट्रेलियाका आदिवासीहरुको स्मरण गर्दै  शुरु गरिएको कार्यक्रममा नेपाफका  संस्थापक अध्यक्ष डा. जगदीश तिम्सिनाले उपस्थित सम्पूर्ण सहभागीहरुलाइ स्वागत गर्दै कार्यक्रमको औचित्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने संस्थापक सचिव डा. सीताराम घिमिरेले नेपाफले स्थापनाकाल देखि हालसम्म  गरेका विभिन्न गतिविधिहरुको बारेमा प्रस्तुति गर्नु भएको थियो।  त्यसैगरी नेपाफका संस्थापक उपाध्यक्ष डा. हेमन्त ओझाले नेपाफको रणनीतिक लक्ष्य र कार्यदिशाको बारेमा जानकारी दिनु भएको थियो। सोही क्रममा डा. जगदीश तिम्सिनाले नेपाफको विधानमा गर्नुपर्ने केही परिवर्तनको बारेमा प्रस्तुति दिनु भएको थियो भने संथापक सदस्य 

डा. एकिन्द्र तिमिल्सेनाले नेपाफको वेबसाइट सहभागीहरुलाई सम्पूर्णलाइ देखाउदै यसमा गर्नु पर्ने समसामयिक सुधारको लागि सुझावको लागि अनुरोध गर्नु भएको थियो।  सो कार्यक्रममा नेपाफका संस्थापक कोषाध्यक्ष डा. बासुदेव रेग्मीले संघको आर्थिक अवस्था र बजेट प्रस्तुत गर्नुका साथै आगामी पुस्ताका गतिविधिका लागि सुझाव पनि दिनु भएको थियो। 

सभामा नेपाफका मानार्थ सदस्यहरु कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पूण्यप्रसाद रेग्मी, प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, सुदूरपश्चिम विश्वविद्यालयका डीन प्रा. डा. लाल प्रसाद अम्गाई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सिन्धु प्रसाद ढुंगाना, Deloitte Access Economics  का प्रिन्सिपल डा. होम मूर्ति पन्तलगायतका सहभागीहरुले नेपाफले कृषि, बन र वाताबरणको क्षेत्रमा गरिने अध्ययन, अनुसन्धान र शिक्षणमा बलियो साझेदार बन्न सक्छ भन्ने सुझाव दिनु भएको थियो। नेपाफले नेपाल र अस्ट्रेलियामा कृषि, वन र वाताबरणको क्षेत्रमा विशेषज्ञता र लामो अनुभव भएका व्यक्तिहरुलाई गोलबद्द गरेकोले यो संस्थाले राष्ट्रिय अन्तररास्ट्रीय क्षेत्रमा धेरै योगदान दिन सक्ने प्रशस्त सम्भावना भएको सबैको विचार रहेको थियो।  कार्यक्रमको अन्त्यमा नेपाफका संस्थापक सदस्य प्रोफेसर टेक मरासेनीले सबैको मूल्यवान सुझाव र सहभागिताको लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा संस्थापक सदस्य डा. ठाकुर भट्टराई, डा. फुल सुवेदी र डा. अनीता प्रधानको पनि उपस्थिति थियो। 

साधारण सभाले आगामी २ बर्षका लागि डा. एकिन्द्र तिमिल्सेनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ। नयाँ कार्यसमितिमा डा. सीताराम घिमिरे उपाध्यक्ष, डा. रामप्रसाद आचार्य सचिव, डा. विश्व मैनाली कोषाध्यक्ष, र डा. बन्दिता मैनाली, डा. प्रतिभा सापकोटा, डा. देवराज चालिसे, सुजन न्यौपाने र अञ्जना शर्मा सदस्य रहनु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349