शनिबार अलिक धेरै घण्टा काम गरेर थकित मुद्रामा घर फर्किदै थिएँ।खैरेको लागि विकेनड शुरु हुदै थियो यानिकी हप्ता भरि गरेको मेहीनेत त्यहि दुई रात मस्त रमाउँदै थिए।बियरका बोतल ठाडो घाँटी लगाउँदै ट्रेनको वल्लो डिब्बाबाट पल्लो गुडगुडी चलि रहेको थियो।यता मेरो लामो घण्टाको सिफ्ट त्यहि विकेन्डमा पर्थ्यो यानिकी ताल परे चौध घण्टा हानिन्थ्यो।खैरै रमाईलोको लागि विकेन्ड कुर्दै हुन्थे भने यता म कलेजको फी जोहो गर्ने विकेन्ड कुर्थे।
सेफले तातो प्यान धुन दिएछन्।आफ्नो भौतीक शरीर त्यो डिसवासरको वरीपरी भए पनि चुल्बुले मन कहिले कलेजको फी कसरी जुटाउने होला।साहुले अबको महिना एक्ट्रा सिफ्ट दिए त केही राहत हुन्थ्यो भन्दै सम्झिदै हुन्थ्यो।कहिले आमाले खर्च भन्दै थिईन् रेट पनि यहि बेला घट्या छ त्यस्का बाजे।नत्र पाँचसय डलर जति हाल्दीन हुन्थ्यो।भोली बिहानै हुन्डीवाला दाईलाई फोन गर्छु भन्दै टोलाई रहन्थे त कहिले आज दिन भरी उसँग कुरा नि भएन।भाईभर, फेशबुक केही हेर्ने फर्सद छैन।कति म्यासेज गरि सकि होली।ह्या यो लङ्ग डिस्टेन्स रिलेसनसिपमा त नबसेकै राम्रो।समय दिन पाईन्न।एकै छिनमा ठुस्स पर्छन्।सम्झाउनको दास्ती।त्यहि रनामा प्यान झ्याप्प समाएको तातो प्यानले मज्जाले डाम्यो।आईस राखे तर नि फोको उठेछ।
यत्तिकैमा फोन आयो भाईबरमा।नेपालबाट छिमेकी भाईले गरेको फोन रहेछ।फोन उठाएर हेल्लोमात्र के भनेको थिएँ दाई मेरो बार्हको रिजल्ट आयो।अब भाँडा हान्ने निधो गरियो।तपाई भएकै ठाउँ आउन पर्यो भन्ने सोच बनाए।आफुलाई थाकेर कुरा गर्न मोडनी नभएको बेला।उताबाट नन स्टप दिएको दिएै थियो।अब टक्क अस्ट्रेलीया आईन्छ, दाईसँगै भाँडा हानिन्छ।आईफोन सेभेन बोकीन्छ।बेला बेला यसो गतिला फोटा चप्काईन्छ अनि नेपाल भएकालाई तड्पाईन्छ।
आहा कति मज्जाले भन्यौ हो भाई ताकि तिम्रा काकाले सबै थोक तयार पारेर राख्दे जसरि।मुसेर राख्देको गाँस क्वाप्प खाए जस्तो सम्झेउकि क्या हो अस्ट्रेलीयालाई।केटाहरुसँग बाईकमा घुमेर बा आमालाई ढाँटेर बिभीन्न बहानामा पैसा धुतेर खाए जस्तो सम्झेउ कि क्या हो अस्ट्रेलीयालाई।साथीले तिन महिनामा बल्ल तल्ल ह्याभिङ डिनर भनेर खानाका परिकार राखेर फोटो फेशबुकमा राखेको देखेर।वहा केटोको सधैको मोज अब मेरो नि त्यस्तै हो भनेर सम्झेउकि क्या हो।समुन्द्रको किनारमा रे ब्यानको चस्मा लाएर खिचेको फोटो फेशबुक मा देखेर आफुलाई त्यस्तै साथीजस्तै कुनै मोडेल हुने सपनापो बुन्यौ कि क्या हो भाई।तिमीले त्यहाँ बसेर फेसबुकमा अपलोड गरेका फोटोको भरमा यहाँको जिन्दगी सम्झेका हौ भने चुप्चाप यो कुरा यहि रोक।नेपालमा नै बस।रमाईलो त नेपालमानै छ।ऐस आराम नेपालमानै छ।मोजमस्ती नेपालमा नै छ।कुनै मोज गर्छु भनेर आउन आटेको हो भने बिर्सीदेउ अस्ट्रेलीयालाई।बरु २०-३० हजार आउने जागीर खोज।बरु त्यहि रमाईलो गर्न सक्छौ।
बाउ आमाले २०-२५लाख तिरेर पठाएका हुन्छन् ब्याचलर पढाउनलाई।सेमेस्टरको फि १५००० हुन्छ।फेरी तिमीले बुझेका छौ कि छैईनौ।सेमेस्टर ६ महिनाको हुँदैन।१२ हप्तामा सकिन्छ एउटा समेस्टर।के तिमी तिन महिनामा १२००० डलर कमाउन सक्छौ कलेजको फि तिर्न।कलेजको फी मात्र तिरेर भएन।खान पर्यो बस्न पर्यो,ट्रेनको टिकट काट्न पर्यो।यसो भोक लाग्छ कलेज जाँदा खाजा खान पर्यो।फेरी कलेज कति दिन जान पर्ने हो।धेरैको हप्तामा तिन चार दिन जान पर्छ अनि कलेज नगएर काम मात्र गर्ननि पाईदैन।काम कलेज गर्न सकिदा पनि सकिदैन।दिन हप्ता बितेको पत्तो पाईदैन।दुईहप्ता काम गरेर पैसा खातामा आउँदा घरको भाडा,मोबाईलको बील अनि साथीसँग लिएको सापटी तीर्ने बेला हुन्छ।जोगाउने भनेको उहि हो।कनेर खाई नखाई गरे पनि जोगीने एकदम न्युन हो।
फेरी अर्को कुरा दाई छ भनेर ढुक्क परेका होउला।आफ्नै कताको जिली कताको गाँटी भएको छ।एकतिरको प्वाल टाल्न पाएको हुँदैन अर्को तिर अघि प्वाल परि सकेको हुन्छ।मैले गर्दिने भनेको उही तिमीलाई बाटो देखाई दिने हो।कस्तो के कहाँ सस्तो पाईन्छ भन्दिने काम हो।के गर्दा राम्रो हुन्छ सुझाव दिने काम हो।ढुक्कै हेर्न त म सक्दिन।जिब्रो चपाएर कुरा गर्दिन।तिम्रो घरको स्थितीपनि मलाई थाहा भएकै कुरो हो।तिन महिनामा फेरी कलेजको फी पठाउन बिचरा बा आमाले सक्दैनन् पनि।नहुने कुरो।पहिलानै त्यत्रो ऋृणमा परेका हुन्छन्।
खै म के भनौ आफै बिचार गर अनि निर्णय गर।अब बार्ह सक्ने भने पछि बुझ्ने पनि भयौनै होला।के गर्दा सहि वा गलत छुट्याउने भई सक्यौ।न मरी स्वर्ग देखीन्न भन्छन।घरको स्थिती हरेर निर्णय लेउ।बा आमासँग सल्लाह गर।अस्ट्रेलीया छिर्दैमा डलर फल्ने चाहि कदापी होईन।साथीका उरन्ठ्याउला गफ अनि फेसबुकमा हालेको फोटो र केही पत्रीकाले अब बिधार्थीलाई सजिलो छ अस्ट्रेलीया जस्ता हावादारी कुराको पछि लागेर आत्तिएर निर्णय नगर।शान्त भएर सोच।घरको आर्थीक हैसियत बिचार गर अनि दुख परेको गर्छु भन्ने सोचका साथ आउँछौ भने आउ। तर न भोगेको अनि नदेखेको ठाउँ माथि कसैको बहकाउमा परेर धेरै ठुलो भरोसा नराख।यत्ति हो मैले भन्ने।बिचार तिम्रो हो।लौ रात नि धेरै भएछ।अब म सुते फेरी बिहानै काम छ।
लेखक: मनोज पौड्याल