eNepal

न्याभ बाल चौतारी वेस्टद्वारा पूर्व संयोजक, शिक्षक, शिक्षीकाहरुको सम्मान

अस्ट्रेलियामा मेलबोर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति बिद्यालय न्याभ बाल चौतारी वेस्टले रमझम कार्यक्रमको आयोजना गर्दै बिधालयका पूर्व संयोजक,शिक्षक, शिक्षीकाहरुको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा हरेक शनिबार बिहान ९ देखि ११ बजे सम्म संचालन हुने उक्त बिद्यालयमा अध्ययन गर्दै आएका बिद्यार्थी भाइबहिनीहरुले आ-आफ्नो तर्फबाट आफुमा भएका बिबिध विधाका प्रतिभाहरु प्रस्तुत गरेका थिए। गायत्री मन्त्र बाचन गरेर सुरु गरिएको उक्त कार्यक्रममा नेपाली रास्ट्रीय गान, गीत, नृत्य, भजन लगायत बिबिध आकर्षक प्रस्तुतिका साथै बिधार्थीहरुले हातले बनाएका नेपाल सम्बन्धि चित्रहरुको कला प्रदर्शनी पनि गरिएको थियो।

कार्यक्रममा बिद्यालयलाई आजको दिनसम्म सफल रुपमा संचालन गर्न साथ र सहयोग गर्दै आफ्नो मन, बचन र कर्मले स्वयंसेवकको भूमिका निर्बाह गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तिहरुमा बिधालयका भूतपूर्व संयोजक युगेंद्र रेग्मी, राजु श्रेष्ठ, शिक्षक मनोज पौड्याल, शिक्षिका तारा भट्टराई लगायत नृत्य शिक्षिका बर्षा भण्डारी, दिव्या भट्टराईलाई बर्तमान संयोजक सुशील चालिसेले टिका, खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो।

त्यस्तै बिधालयलाई अहिले सम्म अनबरत रुपमा अभिभावकको हैसीयतले साथ र सहयोग गर्दै आउनु भएका नारायण कट्टुवाल र अम्रीत गुरुङलाई पनि टिका, खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली रास्ट्रीय गान सफल रुपमा गाउँन सफल बिधार्थीहरु शाइला अधिकारी, शायना चालिसे, इशानी अधिकारी, आदित जोशी र आर्जित दाहाल, नेपाली भाषा उत्कृस्ट पढ्न सक्नेमा दीपशिखा चालिसे, अनुशासनमा सभिता जोशी, रिजुता श्रेष्ठ र निष्ठा गुरुङ, चित्रकलामा रिया कटुवाल, राम्रो लेखनमा प्रणय चालिसे, अन्तरा दाहाल, नियमित बिद्यालयमा उपस्थित हुनेमा शायना चालिसे, समिका चालिसे, दिया श्रेष्ठ, शाइला अधिकारी, शारोन भण्डारी, इशानी अधिकारीलाई बिजेता लगायत आ-आफ्ना प्रस्तुतिका लागि सम्पूर्ण बिधार्थीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटि, नेपाली एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेम राज उप्रेती, एमएनसी वेस्टका अध्यक्ष शंकर थापा, रोयल वेस्टर्न्स क्लबका उपाध्यक्ष रोशन दाहाल, एनआरएनए भिक्टोरियाका सब-कोर्डिनेटर नारायण कुमार कटुवाल, बिद्यालयका स्वयंसेवक लगायत बिद्यालय कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त रमझम कार्यक्रममा बिधार्थी भाइबहिनीहरु निकै उत्साहित र खुशी देखिन्थे र प्रमाणपत्र प्राप्त गर्न पाउदा निकै रमाएका थिए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटिले कार्यक्रममा बिध्यार्थीहरुको प्रस्तुतिबाट आफू निकै प्रभावित भएको र आगामी दिनमा बिध्यालयले अझै प्रगति गर्दै जाओस र आफ्नो तर्फबाट बिध्यालयको लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ त्यसको बारेमा बिध्यालय परिवार सङ्ग बसेर छलफल गर्ने बताएका थिए ।

उक्त बिध्यालयका भुतपुर्व संयोजक उगेन्द्र रेग्मीले न्याभ बालचौतारी वेस्ट बिध्यालय आजको यो अवस्थमा ल्याइ पुर्याउन आफुले गरेका योगदानको बारेमा बताउदै आगामी दिनमा अझै आफ्नो तर्फबाट निरन्तर रुपमा सल्लाह, सुझाव र सहयोग रहनेछ । साथै आज यो ब्यबस्थित रुपमा संचालन भइरहेको देख्न पाउदा खुशी लागेको बताएका थिए ।

धन्यबाद ज्ञापनका क्रममा  यहाँ अबस्थित दोश्रो पुस्ताका नेपाली केटाकेटिहरुलाई आफ्नो भाषा, संस्कृति, कला, चाडपर्व बारेमा जानकारी गराउदै बिभिन्न समयमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै यस शुभ कार्यमा साथ र सहयोग गर्नु हुने सम्पूर्ण अभिभाबकज्युहरु, स्वयंसेवकज्युहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाइ बिध्यालयका संयोजक सुशील चालिसे लगायत बिद्यालय परिवारले हार्दिक आभार तथा धन्यबाद प्रकट गरेका थिए। उक्त रमझम कार्यक्रम बिद्यालयका कार्यसमिति सचिब बिनिता श्रेष्ठले संचालन गरेकी थिइन।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349