सन् २०२२ को ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार मेलबर्न शहर बिश्वकै उत्कृष्ट बस्न लायक दश शहरको सुचीमा पर्न सफल एक मात्र अष्ट्रेलियाको शहर बनेको छ।
मेलबर्न शहर जापानको ओसाकासँगै बराबरीमा १० औं स्थानमा पर्न सफल भएको छ ।
अस्ट्रियाको राजधानी भियना सन् २०१९ यता पहिलो पटक शीर्ष स्थानमा पुगेको छ।
एडिलेड शहर गत वर्षको सूचाङ्कमा दोस्रो स्थानमा रहेको थियो भने यस बर्ष ३०औं स्थानमा पुगेको छ त्यस्तै पर्थ २६ स्थानबाट झरेर ३२ औं स्थानमा पुगेको छ र ब्रिस्बेन १७ औं स्थानहाट झरेर २७ औंमा स्थानमा पुगेको छ।
ग्लोबल लाइभबिलिटी इन्डेक्स २०२२ पर्न सफल शहरहरु:
भियना (अष्ट्रिया)
२, केपेनहेगन (डेनमार्क)
३, जुरिच (स्विटजरल्याण्ड)
४, क्यालगरी (क्यानडा)
५, भ्यानकुभर (क्यानडा)
६, जेनेभा (स्वीटजरल्याण्ड)
७, फ्र्यांकफर्ट (जर्मनी)
८, टोरन्टो (क्यानडा)
९, एम्स्टारडम (नेदरल्याण्ड)
१०, ओसाका (जापान) र मेलबर्न (अष्ट्रेलिया)