करिब चार बर्ष पछि नेपाल जाने तिथी जुर्यो। काममा छुट्टी मिलाए,हल्का फुल्का किनमेल गरियो।टिकट कन्फर्म भयो। अनि जाने दिन कहिले आउँछ भनेर औला भाच्दै गिन्ती गर्दै बसियो। न भन्दै नेपाल जाने दिन आयो।भाईले एयरपोर्ट लगेर छोडी दिए। लाईनमा बसेर बोडीङ् पास लिईयो। धेरै पछि गएको सबैलाई कोसेली किनेको भएर पनि होला तिस किलो भन्दा केही बढि भएछ। धन्न बोडीङ् पास दिने मैयाँ मजकी रहिछन्। हाँस्दै बोडीङ् पास दिई। मख्ख पर्दै आईफोनबाट सेल्फी खिचे अनि फेशबुकमा फाईनल्ली, नेपाल कलिङ भनेर एउटा पोस्ट चप्काएँ। सोचेको थिएँ सरप्राईज दिउँ। फेरी बुढी आमालाई सम्झे। बिचरा बुढी आमालाई के सर्प्राईज दिउँ। आत्तिएर पुक्लुक्क ढलिन् भने। बोरु आउँदै छु है आमा भनेर एक कल फोन लगाए। कम्सेकम मिठो मसिनो खाना बनाएर कुरेर त बस्छिन् खुसी हुँदै।
यत्तिकैमा प्रतीक्षालयको केही समय पछि प्लेन चड्ने सङ्केत कर्मचारीले गरे।यत्ति खुसी थिएँ त्यो खुसीको सिमै थिएन। यसो प्लेन चड्नु भन्दा अगाडी नोटीफिकेसन् घ्यार्र घुर्रर आउँदै थियो।धेरैले सेफ जोर्नी लेखेका रहेछन्, केहीले के ल्यादिदै छस् मलाई लेखेका रहेछन्, कसैले आईफोन है। सबैको डिमान्ड पढे अनि लागे प्लेन भए तर्फ। रात भई सकेको थियो।केही समयमा प्लेनले जमिन छोड्यो। सिटबेल्ट बाने अनि टोलाई रहे। वो हो चार बर्ष पछि जाँदैछु। पक्कै पनि धेरै कुरा परिबर्तन भए होला।गाउँ पुरै परिबर्तन भयो होला।चिनेका कोही पनि छैनन् होला।गाउँनै सुन्ने होला।
उ बेली घरमा सत्य नारायण पुजा लगाउँदा ठुलै चाड लाग्थ्यो। रातभरी भजन क्रितन हुन्थे।बालन भजन हुन्थे। ति बालनभजन भन्ने मामानि बिते।कसले पो भन्ला र चुड्का मिलाई मिलाई भजन।यत्तिकै भुसुक्क निदाएछु। बैङ्ककको सुबर्णभुमी बिमानस्थलको सुचनाले झस्याङ्ग ब्युझिएँ। हतार हतार सिटबेल्ट कम्मरमा बाने। प्लेन बिस्तारै तल झर्दै गयो। झिलीमिली थाईल्याण्डलाई आँखालाई तन्काई तन्काई पर सम्म हेरे।साथीहरुले रमाईलो गर्नलाई थाईल्याण्ड जान पर्छ भन्थे त्यो सम्झे मुसुक्क हाँसे। साँच्चै हिस्सी चाँही परेका हुन है थाईल्याण्डका केटीहरु।एयर होस्टेज नि कति राम्रा थिए। मसक्क मस्किदै बोलेको कति राम्रो सुहाएको। गन्तव्यमा गएर प्लेन अडियो। सानो लगेज प्लेनको खोपीबाट झिकेर बाहिर निस्के। करिब चार घण्टाको ट्रान्जीट थियो। समय कटाउन केही हदसम्म गार्हो भयो र पनि अव चार घण्टामा नेपाल पो पुगीन्छ भन्दै यताउता घुमेर बिताई दिएँ।
प्लेन चड्ने समय आयो। सबै नेपाली केही अन्य देशका बाहेक। खुसी लाग्यो सबै नेपाली बोलेको देखेर। केही समयको अन्तराल पछि नेपालको त्रिभुवन बिमान स्थल पुगीयो। फुरुङ्ग भएको मन लिएर प्लेनबाट ओर्लीए। उहि चार बर्ष अगाडीको गाडीनै रहेछ प्यासेन्जर बोक्ने।त्यसमै चडेर वर सम्म आईयो। सबैले फोहोर भयो भन्दै थिए। नाँक खुम्चाउँदै थिए।तर मलाई यीनै हाम्रो नेपालीको पहिचान जस्तो लाग्यो। काम गराई उहि रहेछ।बोल्ने शैली उही। कुनै मिजास थिएन कर्मचारीसँग। उराठ लाग्दो बोली।एकले अर्काको पालो मिच्न खोज्ने।लगेज लिने ठाउँमा पनि भन्सुन गर्न खोज्ने। दाई मेरो फलानो रङ्गको छ है भन्दै सोर्ष लाउन खोज्ने। अहँ बच्चा बोकेर उभिएको कसैलाई मत्लब छैन। खासै कुनै परिबर्तन मैले देखिन।
जसोतसो एकघण्टाको प्रतीक्षा पछि लगेज हात पर्यो। ट्रलीमा राखेर बाहीर निस्कदा आफन्तहरु आउनु भएको रहेछ। आमाले खदा लगाएर अङ्कमाल गर्दै ल जाऔ भन्नु भयो। ट्याक्सीवालाहरुको लुछाचुँडी थियो। तानातान गर्दै थिए।हामी सरक्क गाडीमा सुईकुच्चा ठोक्यौ।
अस्ट्रेलीयाबाट गएको केटो। बिवाह गर्न लायकको उमेर।घरमा बिवाहको कुरो नचलेको होईन। धेरै पहिला देखि फलानो यस्ती र उस्ती भन्दै कुरा भई रहन्थ्यो। अाफु भने बिबाहको लागि योग्य छैन भनेर टारी रहन्थे तर यो चोटी चाँही मिल्यो भने जसरी बिवाह गरिदीने भनेर एकजना छिमेकी को छोरीसँग अामाले कुरा चलाई राख्नु भएको रहेछ।
गएको भोली पल्टनै र्याख र्याख्ती पार्नु भयो। यो चोटी चाँही बिहे गरेर जसरी पनि जान पर्छ।कतिदीन टार्छस् उमेर गई सक्यो।केटी पनि राजी छ।भोली उसका परिवारलाई भेट्न बोलाएको छु।
आमाको कुरालाई नकार्न सकिन। मैले हुन्छ भोली कुरा गरौलानी भन्दै आमालाई सम्झाए। आमा यस्तो र उस्ती,नर्सीङ पढेकी।एकदम ब्यबाहारीक, मेहीनेती अनि लगनशील भनेर उसैको मात्र तारीफ गर्दै हुनु हुन्थ्यो।म सुनेर मात्र बसि रहे। नभन्दै भालेको डाँकसँगै आमा उठेर घरको काममा लाग्नु भयो। म ओछ्यानमा पल्टी रहे।करिब नौ बजे तिर पाहुनाहरु आउनु भयो। सबैलाई आमाले चिनाउनु भयो।उसँग पनि मेरो परिचय भयो।
एकछिनको चिया गफ पछि मैले उसलाई तिमी एकछिन मसँग कुरा गर्न राजी छौ भने। सबैले मुखामख गरे। खासै केही कुरा त होईन।उसलाई म केही कुरा राख्न चहान्छु। के तिमी मन्जुर छौ। सबैले हुन्छ भने पछि मुन्टो हल्लाउँदै राजी भई।उसलाई कोठामा लगे अनि उसलाई सम्झाए।
हेर आजकाल अमेरीका अस्ट्रेलीया गएका केटा भने पछि मरिहत्ते हाल्छन् केटीहरु। अस्ट्रेलीया गएको केटा भन्दैमा जिन्दगी हनीबनी हुन्छ भनेर कदापी नसोच्नु। आत्तीएर बिहे गरेर फुर्सदमा पछुताउनेहरु धेरै छन् त्यहाँ। डिभोर्षका समाचारपनि प्रसस्तै हुन्छ आजकाल। फेसबुकमा हालेको गजबको फोटो हेरेर आफ्नो जिन्दगीको निर्णय नगरेको नै राम्रो हुन्छ। केटोको आनिबानी रहनसहन पनि बुझ्ने कोशीस गर्नु। अस्ट्रेलीया जाँदैमा पैसा फल्दैन। त्यहाँका बाधा व्यबधानहरु उत्तीकै हुन्छन्। कसैले फकाउनलाई मिठा मिठा गफ लगाएर लगे जस्तो म तिमीलाई झुक्याएर बिहे गरेर दु:ख दिन चहान्न।
खासमा भन्नु पर्दा म अहिले पनि बिधार्थीनै छु।पढाई सकिने क्रममा छ। अहिले बिहे गरेर तिमीलाई तुरुन्त लैजाने स्थितीमा म पुगेको छैन।बिधार्थी जिवन कति गार्हो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। न त पैसाको कुनै जोहनै गरेको छु। त्यतिकै तिमीलाई बिहे गर्छु भनेर बोलेर झुठो आश्वासन म दिन चहान्न। कलेजको फी सापट मागेको ऋृण त तिरी सकेको छैन।घर पनि हेर्नै पर्यो।
मैले ईनकार गर्न खोजेको कदापी पनि होईन तर यथार्थ भन्नु पर्दा अहिले बिहे गर्नलाई सक्षम भई सकेको छैन। हतारमा बिहे गरेर जिन्दगी भरि पछुताउनु भन्दा बरु केही बर्ष कुर्दैमा केनै पो जान्छ र। त्यतिकै अस्ट्रेलीया गएको केटो भनेर हाम्फाल्नु भन्दा अगाडी उसको आनीबानी,रहनसहन नबुझी हाम कसैले पनि नफालेको राम्रो। अाजकाल धेरै युवाहरु के के न पाईन्छ भनेर उमेर नपुग्दै बिहे गरेर अस्ट्रेलीया जाने सोचमा हुन्छन् तर पछिको भविस्य हेर्दैनन् र भविस्यमा पछुताउँछन्।उसले केही बोलीन। मैले यत्ति भनेपछि उसले केही भनिन मात्र कुर्छु केही बर्ष भनिन। सक्छौ भने कुर म सक्षम् भएपछि आफै माग्न आउँछु अनि बिहे गरौला। उसले पनि हुन्छ भनि।
त्यस पछि हाम्रो भेट सामान्य रुपमा फोनमा हुन थाल्यो। केही हप्ताको रमाईलो तर याद्गार नेपालको भ्रमण पछि पुन: आफ्नो कर्मभुमी तर्फ हुईकिएँ। आएको हप्ता दिन नबित्दै एउटा दुखद समाचार सुन्न पर्यो।छ महिना अगाडी बिहे गरेर आएका साथीहरुको पारपाचके भएछ। कारण उही थियो हतारको निर्णय।को कस्तो, बानी ब्यहोरा थाहै नपाई हाम्फाल्नुको परिणाम हो त्यो। आखिरी केटो पहिला कोहीसँग लिभीङ् टुगेदरमा रहेको थाहा पाईछ केटीले। अनि सधै घरमा झगडा रडाको। अन्त्यमा बेग्लै बस्ने निर्णय गरेर पारपाचुके गरेछन्। अहिले दुवै बिधार्थी भिषामा अध्ययन गर्दैछन्।
जिन्दगीको कुनै पनि निर्णय हतोत्साहीमा नगरौ। अमेरीका अस्ट्रेलीया गएको केटो भन्दैमा कुनै सुनै फलाउन गएको नसोचौ। पहिला बुझ्ने कोशीश गरौ अनि निर्णय गरौ।
लेखक: मनोज पौड्याल ।