eNepal

अभिभावक अस्ट्रेलीया बोलाउदै हुनुहुन्छ, स्वास्थ्य बिमा गर्न नबिर्सनु होला

अष्ट्रेलियामा आगन्तुक भिसामा आउनु भएका अभिवावक वा अस्थायी भिसामा रहनु भएका नेपाली नागरिकहरूलाई स्वास्थ्य बीमा अनिबार्य लिन भिक्टोरीयाका कानुन व्यवसायी अधिवक्ता टोनु घोथाने बताउनु हुन्छ।

स्वास्थ्य बिमा नभएकै कारण धेरै नेपालीहरुले चर्को चिकित्सा शुल्क तिर्न परेको छ। बिरामी भएर अकस्मात अस्पताल जानु पर्दा चिकित्सा बीमाको अभावमा ठूला मेडिकल बिलहरू तिर्नु परेको खवर आफुले सुन्ने गरेको घोथानेको भनाई छ।

भर्खरै मात्र समुदायका एक सदस्यले स्वास्थ्य बिमा नभएकै कारण लगभग $८००० प्रति रात अस्पतालको शुल्क तिर्नु परेको थियो। उनका आफन्तहरुले त्यति ठुलो रकम तिर्न नसके पछि समुदाएका सदस्यहरुबाट रकम संकलन गर्ने अवस्था सिर्जना भएको थियो।

अध्यागमन बिभागले अस्ट्रेलीया आउने प्राय जसो भिषाका लागि स्वास्थ्य बीमा अनिवार्य गरेको छ। यदि तपाईंको भिसा सर्त ८५०१ छ भने तपाईंले अष्ट्रेलियामा आफ्नो समयको लागि स्वास्थ्य बीमा लिनुपर्नेछ।अधिकांश भिसाहरू ८५०१ शर्तको साथ आउँछन् तर ईमिग्रेसनले इन्सुरेन्स नभएपनि भिषा ग्रान्ट गरेको अवस्था छ।

हामीले हाम्रो स्वास्थ्य लागतलाई जोखिममा पार्न यो लूपोल प्रयोग गर्नु हुँदैन। स्वास्थ्य लागतको अतिरिक्त तपाईको भिसा पनि जोखिममा पर्न सक्छ।

गोथाने भन्नु हुन्छ यदि भिसामा बीमा गर्नु पर्ने अवस्था नभए पनि बीमा गर्नुपर्छ। हामी कारको बीमा गर्छौं तर किन हामीले ख्याल गर्ने व्यक्तिहरूको लागि बीमा गर्दैनौं।

एउटा धेरै महत्त्वपूर्ण कुरा के छ भने बीमा मात्र पनि पर्याप्त छैन। तपाईंले बिमा गर्दा सही जानकारी पनि लिनु पर्छ।सहि बिमा गर्नुहोस्  तर सस्तो र कमसल खालको कभर नगर्नु होस्।यदि तपाईले सहि बिमा गर्नुभएन भने बीमा संस्थानले तपाईलाई आवश्यक पर्दा पैसा दिनेछैन जून बीमा नगरे जस्तै हुन जान्छ।

८५०१ भिसाको सर्त के हो?

यदि तपाईं ८५०१ भिसा शर्तको अधीनमा हुनुहुन्छ भने अष्ट्रेलिया सरकारको अध्यागमन वेबसाइटका अनुसार “तपाईंसँग अष्ट्रेलियामा तपाईंको सम्पूर्ण बसाइको लागि पर्याप्त स्वास्थ्य बीमा हुनुपर्छ र कायम राख्नु पर्छ”।

धेरै जसो अष्ट्रेलियाली भिसाहरू ८५०१ भिसा शर्तको साथ आउँछन्। यसको मतलब अष्ट्रेलिया आउनको लागि तपाईंले स्वास्थ्य बीमा लिनुपर्छ। त्यसको लागि अस्ट्रेलीयामा धेरै अष्ट्रेलियाली बीमाकर्ताहरू छन् जसले भिसा धारकहरूलाई उनीहरुको अनुकूलता अनुसारको बिमा गर्छन्।

८५०१ शर्त कुन भिसाहरूमा लागू हुन्छ?

८५०१ शर्त अधिकांश काम गर्ने भिसाहरूमा लागू हुन्छ, जसमा काम गर्ने छुट्टी भिसा (४१७), काम र छुट्टी भिसा (४६२), अस्थायी स्किल सर्टेज भिसा (४८२), अस्थायी स्नातक  (४८५),विद्यार्थी भिसा (५००) र आगन्तुक (६००)

८५०१ भिसा आवश्यकता कसरी पूरा गर्न सकीन्छ?

तपाईंले ओभरसीज भिजिटर हेल्थ कभर (OVHC) लिएर ८५०१ स्वास्थ्य बीमा आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ। यो अष्ट्रेलिया आउने भिसा धारकहरूको लागि विशेष रूपमा डिजाइन गरिएको स्वास्थ्य बीमाको प्रकार हो।

यदि तपाईंसँग ८५०१ सर्त छैन भने पनि तपाईंले आफ्ना प्रियजनहरूको बीमा गर्नुपर्छ। जब कुनै समस्या आउँछन् वा स्थिति उत्पन्न हुन्छ तपाईसँग ठूला बिलहरू तिर्न पर्ने अवस्था हुन जान्छ जुन टारेर पनि सकिदैन र यो पैसा उठाउनको लागि समुदायलाई अनावश्यक बोझ थोपरीनेछ।त्ससैले सबैले आफ्ना अभिभावकको बेलैमा स्वास्थ्य बिमा गरेर निश्चिन्त भएर बसौं।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349