गएको २० मे २०२१ मा उपभोक्ता मामिला भिक्टोरिया अन्तर्गत मेल्बर्नेपाल इन्कर्पोरेट आधिकारिक रूपमा दर्ता भएको सँगै पहिलो बर्षको यात्रा सफलता पुर्बक पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाले ३० मे सोमबारका दिन मुस्ताङ प्यालेसमा पहिलो बार्षीक साधारण सभा सम्पन्न गरेको छ।
संस्थापक तथा वर्तमान अध्यक्ष शैलेश घिमिरेको अध्यक्षतामा भएको साधारण सभाले गएको बर्ष गरिएको कामको जानकारी गराउँदै आगामी दिनमा आयोजना गर्ने कार्यहरुको बिषयमा छलफल गरेको थियो।
संस्थाको दोश्रो कार्यकालका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शैलेश घिमिरेनै चुनीएका छन् भने उपाध्यक्षमा रुपा पाण्डे, कोषाध्यक्षमा सुजन खरेल, सचीवमा अनीश सिटौला, प्रवक्तामा प्रतीभा शाह, टीम संयोजकमा रुद्र खड्का, अभियान व्यबस्थापकमा अनील अर्याल, बिधार्थी प्रतीनिधीमा सुदीप बन्जारा, संस्थापक सदस्यमा सोम तामाङ, रोजन काफ्ले, ईश्वर बस्नेत, कल्याण बिक्रम अधिकारी, अमन पौडेल रहेका छन् भने सागर पाण्डे, मेलीसा गिरी, ह्रितीक खड्का, सपना मडूभरी चार नयाँ सदस्यहरु थप गरिएको छ।
सँस्थाले गएको २०२१/२०२२ मा गरेको कार्यक्रमहरु समेत जानकारी गराएको थियो।गत बर्ष कोभीड १९ कोष सङ्कलन कार्यक्रम गरेर टीकापुर र स्याङ्गाका २ वटा सरकारी अस्पतालमा कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ भने कोभीड १९ को समयमा नेपालमा खाद्यान्न एबम् राहत प्याकेजहरू बितरण गरेको छ।
त्यस्तै गत बर्ष अन्य सामुदायिक संगठनसँग सहकार्य गरी विभिन्न मानसिक स्वास्थ्य सचेतना कार्यक्रमहरू र यस समस्याबाट पीडित विद्यार्थीहरूलाई मद्दत गर्दै केही विद्यार्थीहरूलाई आफ्नो परिवारलाई घर फिर्ता पठाउने व्यवस्था समेत सँस्थाले गरेको थियो।
दशैंको अबसर पारे चिट्ठा कार्यक्रम गरेर आर्थिक संकलन गरी नेपालका अनाथालयलाई स्थिर सामान तथा संगीत वाद्ययन्त्र तथा खेलकुदका सामानहरू प्रदान गरेको थियो।
दशैंको समयमा कोभिड १९ का कारण आइसोलेसनमा रहेका मेलबर्नमा रहेका झण्डै २५-३० नेपाली विद्यार्थीहरूलाई दशैं कोसेली (खाना प्याकेज)को समेत बितरण गरेको थियो भने नेपाली समुदायलाई लक्षित गरी कोभिड-१९ खोप सचेतना भिडियो
मानिसहरूलाई कोभीड १९ विरुद्ध खोप लगाउन प्रोत्साहित गर्दै लगभग १० मिनेटको भिडियो प्रशारण गरेको थियो।
संस्थाले आर्थीक बर्ष २०२१/२०२२ को वित्तीय लेखापरिक्षण समेत पेश गरेको थियो भने आर्थीक बर्ष २०२२ /२०२३ कार्यक्रम योजना समेत प्रस्तुत गरिएको थियो।
संस्थाले मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र घरेलु हिंसा सम्बन्धी सेमिनार, दशैं परियोजना अन्तर्गतदशैं चिठ्ठा कार्यक्रम, देउसी/भैलो कार्यक्रम, पब्लीक स्पिकीङ परियोजना, खेलकुद अन्तर्गत फुटसल, टेबलटेनिस, चेस, स्नूकर प्रतियोगिता लगाएत अन्य परोपकारी सामुदायिक कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेको छ।