eNepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

मनमा निकै उत्साह थियो दिदीबहिनी समाज भिक्टोरियाले आयोजना गरेको दुईदिने आमा दिवसको कार्यक्रममा जानको लागि। पोहोरसालको कन्ट्रीपार्क ट्रकीको सम्झना मनमा ताजै थियो एक महिना अगाडी  देखि काममा छुट्टि मिलाएकी थिए यसपाली पनि । धेरै पहिले कलेज जीवनमा पूर्व इलामको चिया बारीमा टूर गएको झझल्को पनि आइरहेको थियो मनमा । त्यो दिन बिहान यता क्रेगिवनबाटजाने सबैजना ठिक ७ः३० तिर गाडीमा रेल स्टेसन पुग्यौ र रेलबाट  ग्लेनरोयको युनाईटिंग चर्चमा  पुग्यौ। 

कोहि दिदीबहिनी  पहिले नै आउनु भएको थियो। कोहि  आउने क्रम जारी थियो । नाम लिस्टमा नाम चेक गर्दै हामी बसमा चढ्यौ गन्तब्य (ग्राम्पियन्स  हल्स ज्ञ्याप) तर्फ ।  बस Werribee पुगेर टक्कै रोकियो, लुमन्तीको दुनोट र चिया व्रेकफास्ट खायौ साथै अरू धेरै साथीहरु त्यहीबाट बस चढ्नु  भयो।  बसमा अन्ताक्षरी  र दोहोरि खेल्दै नाच्दै बाहिरका मनमोहक दृस्यहरु हेर्दै फोटो र भिडियोमा रमाउदै फेरी Ballarat बाट अरू केही साथीहरूलाई लिएर बस कति बेला उता पुग्यो थाहै भएन, बाटो लामो थियो तर लामो लागेन ।वरपर कंगारूहरू थिए कस्तो प्राकृतिको मनमोहक काखमा गएको जस्तो अनुभव भैरह्यो।

 पुगे पछि कोहि साथीहरु  खान पकाउन थाल्नु भयो कोहि साथिहरु दाउरा खोज्न लाग्नु भयो  कोहि चिया बनाउन त कोहि मकै भूट्न  कोहि कम्प्युटरमा कार्यक्रमको सेडुएल मिलाउन थाल्नु भयो ।

मौसमपहिले हेर्दा पानी पर्ने देखीए पनि पानी परेन,यद्धपी जाडो भने उधुमै  थियो तापनि दिदीबहिनीको एक आपसको मायाको न्यानोले जितीरहेको थियो। 

 पोहोर साल कन्ट्रीपार्क टर्किमा आदिबासी बम्डेअल्फ्रिडले उनीहरूको संस्कृतिको जानकारी दिन व्हेलब्यारो भरि ढुंगा लिएर आएका थिए साथै  उनले कंगारुलाई धपाउने र मार्ने आफ्नै शिप कौसलले काठबाट बनाईएका विभिन्न किसिमका हातहतियारहरु पनि देखाएका थिए कंगारुको र पोसमको  त छालाहरु पनि देखाएका थिए लामा -लामा बजाउने बाजाका प्रकार , महिला र पुरुषले चलाउने हतियार र विभिन्न नाचहरु पनि देखाएका थिए भने यसपाली स्वागतार्थ ग्राम बाजे आउनु भएको थियो कामको शिलशिलामा धेरैपटक नेपाल पुग्नु भएको ग्राम बाजेले नेपाली भाषामा स्वागत गर्दा त हामी दंगै पर्यौ।

 त्यसपछि वरिपरिको दृश्य हेर्ने र फोटो खिच्ने क्रम पनि सम्पन्न भयो। बिबिधतामा एकता भएको हाम्रो देश नेपालका कुनाकुनाबाट आएका   हामी ४९ दिदीबहिनी पनि सानो भाग्यले भेट भएका थिएनौ।  

   लन्च लगत्तै हामी ३ पटकको ॐ कार प्रणव ध्वनी र गणेशमन्त्र बाचन गर्दै परिचयात्मक कार्यक्रम तर्फ लाग्यौ प्रभा श्रेष्ठ दिदीले यसलाई अगाडि बढाउनुभएको थियो आ-आफ्नो नामबाट आउने सकारात्मक उत्प्रेरक शब्द र अर्थबाट प्रत्येक २ जना मिलेर एकले अर्कालाई चिनाउदै अति रोचक तरिकाले परिचयात्मक कार्यक्रम सम्पन्न भयो।

त्यसपछि जमुना दिदीले यो २ दिने retreat program को मुख्य उदेश्य भनेको beyond the happiness हो भन्दै यसको लागि happy hormones DOSE (Dopamine, Oxytocin, Serotonin, endorphins) realease बढीभन्दा बढी गर्नुपर्ने कुरा बताउनु भयो। त्यसपछि रोशनी दिदिको नेतृत्वमा वनेको हेल्थी डिनरपनि खायौ ।

सम्झना   आईरहेछ   पोहोर साल हामीले व्रम्हकुमारी राजयोग सिड्नीबाट  सिस्टर सितासंग आफुले   आफुलाई चिन्नु नै राज योग हो   आफुले  आफुलाई चिने पछि बाहिरी  भौतिक कुराले हामीलाई कुनै दुख दिदैन भन्ने  कुराको ज्ञान लिएको, यसपालि भने नेपालबाट व्रम्हकुमार बिजय सिग्देल ज्युबाट meditation techniques र सरल जीवनशैलीको जानकारीका साथै सिस्टर रेवतीबाट केही उत्प्रेरणात्मक कथाहरू सुन्ने अवसर पायौ। 

रात धेरै परिसकेको थियो र पनि कोहि साथीहरू आगो ताप्दै नांचगान तर्फ त कोहि सयन कक्षतर्फ जानु भयो।

भोलिपल्ट बिहान ४ बजे The global society for peace and spiritual science incorporated (GSPSS)बाट आचार्य श्री राजन शर्मा गुरुदेवसॅग ब्रम्हमूहूर्त  ध्यानमा बस्यौ हथ ध्वनी सकिएपछि हामीले अनाहथ ध्वनी लाई कसरी सुन्छौ भन्ने ध्यानलाई practice गर्यौ। गुरूदेव र अन्य साधक साधिका संग शुभभावना साट्दै प्रभा दिदी र मैले बिहानीको चिसो सिरेटो र मनमोहक दृष्यलाई नियाल्दै केहीसुष्म साधना र हठयोगलाई अघि बढायौ।

त्यसपछि बिहानीको खाजा खाएर हामी nature walk मा हिड्यौ ।  कति सून्दर मनमोहक प्रकृतिको छटालाई नजिकैबाट स्पर्श गर्दै फेसबुक लाईभ टिकटक, फोटोग्राफी , कंगारुसंगको जम्मका भेट आदि गर्दै हामी अगाडी बढ्यौ।

प्रकृतिको काखमा बसेर mindfulness meditation गर्नुको   महत्व अलगै  रहेछ हाम्रा रिषीमूनिहरू यत्तिकै ध्यानको लागि  जंगल जानु  भएको होईन रहेछ, ओहो कति   उर्जावान त्यहाको  सेरोफेरो । ४९ जनाको ॐकार प्रणव   ध्वनिले त्यो  सेरोफेरो नै गुन्जयवान (ॐॐॐ…)  बनेको त्यो क्षण अविस्मरणीय वनेर वस्यो मानस्पटलमा, साथसाथै सातै चक्रका बिज मन्त्र(लं बं रं यं हं उॅं ॐ) हरू पनि उच्चारण गर्यौ सबैले ।

 रमाइला यी सम्झनाहरुलाई मनको खातामा संकलन गर्दै करिब ३ घण्टाको nature walk पछि  बास बसेको ठांउमा फर्कियौ बिहानीको खानासंगै निर्मला सिस्टरको जन्मउत्सव पनि मनायौ फोटो भिडिओ खिच्दै रमाईरहेको त्यो क्षण लम्बियोस् जस्तो लागेको थियो, तर घडी रोकिदैन। सामानलाई बसमा राखियो, सबै कुराको साङ्गो पाङ्गो पछि हामी बिस्तारै फर्कियौं। 

जादाखेरि उत्साह र उमङ्ग थियो फर्कदा स्मृति र अनुभूतिले भरियो मन। फेरी पनि अन्ताक्षरी, अनुभव  साटासाट , टिकटक,दोहोरी गायन  गर्दै साँझ पर्दा बस अन्तिम स्टेशनमा आइपुग्यो।  सबै  ४९ जना  दिदीबहिनी,घर परिवार लगाएत यो यात्रामा साथ  दिने सबैको स्मृति ताजा बनेर आएको छ मानसपटलमा ।

कोभिडका बाबजुत् पनि सबैको शुभभावनाले अनुकूल बनिदियो परिस्थिति र मनसस्थिति । 

 यो समय अति अदभूत बन्यो सबैको लगाव, सकारात्मक सोच, सिर्जनशीलता र सहयोगले। यो कार्यक्रम आयोजना गर्ने र सम्भव बनाउने डा. जमुना पराजुली दिदी, प्रभा श्रेष्ठ दिदी,कार्यक्रम संयोजक बर्षा दिदी ओभरल मेनेजमेन्ट गर्ने र मिठो खाना खुवाउने रोशनी श्रेष्ठ दिदी लगाएत सबै ४९ दिदीबहिनीको याद हृदयको गहिराइमा ताजै छ सम्पूर्णमा नमन र सम्मान ब्यक्त गर्दछु।

पार्वती पहारी

पोखरा 

हाल मेलवर्न

 

Related posts

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

सोचे झै अस्ट्रेलीया रैनछ

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349