eNepal

दिदीबहिनी समाज भिक्टोरीयाले आयोजना गरेको दूई दिने मदर्स डे रिट्रीट भव्यताका साथ सम्पन्न

दिदीबहिनी समाज भिक्टोरीयाले आयोजना गरेको दूई दिने मदर्स डे रिट्रीट २७ र २८ मे मा भव्यताका साथ सम्पन्न भएको छ। मदर्स डे रिट्रीट कार्यक्रम महिलाहरुको लागि सम्मान, सम्बन्ध, मानसिक र शारीरिक स्वास्थ्य कल्याणको उदेश्यले आयोजना गरिएको सिग्नेचर कार्यक्रमको रुपमा मनाउदै आएको छ।

यो बर्ष कार्यक्रमको स्लोगन Beyond the Happiness रहेको थियो।गत बर्ष Cultural learning and Sharing को हिसाबले एबोर्जिनहरु बसोबास गर्ने क्षेत्रमा मनाएको थियो।

यो बर्ष प्रकृतीसँगको सामिप्यता हुने हिसावले नेपालको झल्को दिलाउने हिसावले Halls gap जुन चाँही ग्रेम्पियन नेस्नल पार्कमा पर्दछ।चारै तिर ठुला ठुला पहाडले घेरिएको अतिनै सुन्दर र मनमोहक दृश्यले भरिपुर्ण पहाडको खोंजमा अवस्थित ब्याप्टिस्ट क्याम्पमा ५३ जना दिदीबहिनीको टोली गएका थिए।

ब्रह्मा कुमारी राज योग केन्द्र, नेपालको प्रशासनिक शाखाका राष्ट्रिय अध्यक्ष विजयराज सिग्देल द्वारा करिब साडे एक घण्टा खुशी हुने कला, तनाब व्यवस्थापन, परिवार, साथी, बच्चाहरु आत्मविश्वास निर्माण लगाएतका बिषयमा नेपालबाट भर्चुअल जानकारी समाबेश गरिएको थियो।

कार्यक्रममा मेल्बर्नका बिभीन्न क्षेत्रका साथै जिलोङ, सेफाटन, बलाराटका दिदीबहिनीहरुको सहभागीता रहेको थियो।

ग्लेनरोय, वेरेवी, बालाराट हुँदै करिव चार घण्टाको यात्रा पछि Halls Gap पुगेर टुङ्गिएको थियो भने यात्रा अवधीभर सबै दिदीबहिनीहरुले गीत गाउँदै, नाँच्दै, सायरी भन्दै लुमन्ती मेल्बर्नको डुनोट र चियाको चुस्कीमा रमाईलो गरेर भर्पुर मनोरन्जन लिएका थिए।

यात्राको दौरान कार्यक्रमकी संयोजक बर्षा केसी राज भण्डारीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो।

बहुत रोचक र अर्थपूर्ण भ्रमणमा सर्प्राईज भ्रमण गर्दै अजी एक्सन बोर्डका सिइओ ग्रेमी केन्टले आमाको मुख हेर्ने दिनको सम्झना स्वरुप सवै दिदीबहिनीहरुलाई शुभकामना दिदै उपहार बाढ्नु भएको थियो।

समाजकी अध्यक्ष डा. जमुना पराजुलीले हेप्पी हार्मोन सम्बन्धी जानकारी मुलक सामाग्री सुनाउनु भएको थियो। यो कसरी पैदा हुन्छ र यसको बैज्ञानीकीय आवस्यकता र महत्व कसरी र किन हुन्छ भन्ने व्याख्या गर्नु भएको थियो।

Working Bee जसरी कामको बाँडफाँढ ब्यबस्थीत तरिकाले गरिएको थियो। यस कार्यक्रमको संयोजक दिदीबहिनी समाज मेल्टोन युनिट संयोजक वर्षा केसी राजभण्डारीले  गर्नु भएको थियो भने समग्र व्यवस्थापन दिदीबहिनी समाज पश्चिम एकाइ समितिकी संयोजक समेत रहनु भएकी रोशनी श्रेष्ठले गर्नु भएको थियो र कार्यक्रम योजना समाजकी उपाध्यक्ष प्रभा श्रेष्ठले गर्नु भएको थियो।

मौसम पूर्वानुमान अनुसार खराब मौसम भनेता पनी मौसमले पुर्णरुपमा साथ दिएसँगै करिव १.५ घण्टाको हाइकिङ गर्दै Clematis Peak मा पुगेर ७ चक्रको ऊँ ध्वनीमा योग प्रशीक्षक पार्बती पहाडीद्वारा योग सिवीर संचालन गरिएको थियो।

कार्यक्रम भव्य, सभ्य अनि राम्रो तरिका ब्यबस्थापन गरेकोमा आयोजकलाई सहभागी सबै थिदीबहिनीले धन्यबाद दिदै आगामी दिणमा यस्ता कारयक्रमलाई बढी प्राथमिकता दिनेमा सबैले जोड गरेका थिए।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349