eNepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको सम्झनामा अस्ट्रेलीयाको मेल्बर्न राज्यमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस सफलता पूर्वक सम्पन्न भएको छ। 

सगरमाथाको प्रवर्द्धन गर्न र जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र वातावरणीय प्रभावहरू जस्ता चेतनामूलक क्षेत्रहरू प्रवर्द्धन गर्न हिजो मेल्बर्नको अल्बर्ट पार्कमा ५ किलोमिटर पदयात्रा गरिएको थियो।

 

भिक्टोरीया राज्यका बिभीन्न स्थानबाट  लगभग ८० भन्दा बढीको सहभागीता रहेको पद यात्रामा नेपालका हिमालहरुको वृतचीत्र पनि राखिएको थियो। करिब दुई घण्टाको पदयात्रा पछि बार्बेक्युका साथसाथै एभरेस्ट हाजीरी जवाफ लगाएत भेटघाट र फोटो सेसनको कार्यक्रम गरी एभरेस्ट डे मनाइएको हो।

पदयात्रामा नेप्लिज एसोसियसन अफ भिक्टोरीया न्याभका अध्यक्ष राम गुरुङ, अस्ट्रेलीयन नेपाली बहुसाँस्कृतीक समितीका अध्यक्ष राजेश आचार्य, मगर समाज अष्ट्रेलियाका मोहन राणा, तमु समाजका तेज गुरुङ, एनआरएनए एससीसी, नेप्लिज नेवरहुड सोससाईटी एनएनसीआईका सम्पूर्ण कार्यकारिणी टोली, भिक्टोरीयाको मधेसी समुदायका अध्यक्ष डा. सुरेन्द्र रौनियार, बरिष्ठ समाजसेवी एवम् सल्लाहकार जोग लिम्बु लगायतका अन्य धेरै सँघ संस्थाका पदाधीकारीहरुका साथसाथै बालबालिका, युवा र बहुसांस्कृतिक समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

हिजै साँझ ६ बजे देखी ८ः३० बजे सम्म अनलाइन जूम प्रविधीबाट “सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराको साथमा फेडरसन् अफ नेप्लिज एसोसिएसन अस्ट्रेलीया (फेन्का)ले सगरमाथाको सामाजिक वातावरणको संरक्षणलाई प्रवर्द्धन गर्दै वर्तमान र भावी पुस्ताका लागि यसको महत्व देखाउने अभिप्रायका साथ भर्चुअल कार्यक्रम गरीएको थियो।

कार्यक्रममा वातावरणीय वैज्ञानिक, नीति निर्माता, अनुसन्धान वैज्ञानिक र सहभागीहरूसँगको प्यानल छलफल मार्फत ग्लोबल वार्मिङको प्रभाव, हिमालय क्षेत्रमा परेको वातावरणीय प्रभावबारे छलफल गरीएको थियो। अनलाईन सत्रको प्यानलीस्टहरुमा नास्टका उपकुलपति डा. सुनील बहादुर श्रेष्ठ, वरिष्ठ जलवायु वैज्ञानिक डा. सुरेन्द्र रौनीयार, अस्ट्रेलियन हिमालयन फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत एन्जीला फोर्ड, पर्यावरण वैज्ञानिक डा. गिरी कट्टेल, वातावरण भौतिकवादी प्रोफेसर राम प्रसाद रेग्मी, माण्टेनीयर अनीष लुइटेल रहनु भएको थियो ।

कार्यक्रममा भिक्टोरियन उर्जा तथा वातावरण मन्त्री माननीय लिली डी अम्ब्रोसियोले ग्लोबल वार्मिङ र जलवायु परिवर्तन र सरकारी अपडेट र सरकारबाट भइरहेको पहलको बारे जानकारी गराउनु भएको थियो। 

वरिष्ठ वैज्ञानिक डा.राजु अधिकारीले मध्यस्थकर्ताको भुमीका निभाउनु भएको थियो।कार्यक्रमको सन्चालन फेन्काका भिक्टोरीया संयोजक भोला गिरीले गर्नु भएको थियो भने यो बिषेश कार्यक्रमको सह-अध्यक्ष बम योन्जनले गर्नु भएको थियो।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349