eNepal

ज्ञानेन्द्र उप्रेतीको पहलमा नयाँ परियोजनाको पाइलट प्रोजेक्टको दोश्रो कार्यक्रम सम्पन्न

भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका Lead Strategist and Practice Lead नेपाली मूलका ज्ञानेन्द्र उप्रेतीको पहलमा समुदायका सदस्यहरुले सामना गर्न परेका बिभेदकारी सामाजिक, आर्थिक र राजनीतिक हैरानीहरुलाई न्यूनिकरण गर्ने उद्धेस्यका साथ अस्ट्रेलियाको भिक्टोरियामा नयाँ परियोजनाको पाइलट प्रोजेक्ट “Community Led initiative” सूत्रपात जुन २०२१ मा भएकोमा त्यस्को पहिलो कार्यक्रमको रुपमा तामिल समुदायसंग गरिएपछि दोश्रो कार्यक्रमको रुपमा Safety at Work (कार्यस्थलमा सुरक्षा) सम्पन्न गरेको छ । 

जुलाई २३ बाट बिभिन्न भाषीहरुका लागि “Safety at work: know your rights and responsibilities” कार्यक्रमहरु सन्चालन गर्ने लक्ष राखिए तापनि कोभिड्-१९ का कारण कार्यक्रम यसरी ढिला गरी शुरु गर्न परेको हो ।

कार्यक्रममा फोएनिक्स एजुकेशनल, मल्टिकल्चरल इन्टिग्रेशन, कन्सल्टिङ, कम्युनिटी सर्भिसेसका निर्देशक डा माटिन घायोर मिनाइए, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका Lead Strategist and Practice Lead ज्ञानेन्द्र उप्रेती, प्रिवेन्सन फर्स्ट, वर्कसेफका प्रोग्राम मैनेजर भीमा मूनिआपह, भिक्टोरियन ट्रेड्स हलका प्रोग्राम अर्गनाइजर फ्लोरेन्स डाटो र माइग्रान्ट वर्कर्स सेन्टरका सेफ्टी अंबासाडर हबिबा जफारीले फरक फरक प्रस्तुति दिएका थिए ।

ब्यक्ति वा संस्थाद्धारा अन्य ब्यक्तिहरुमा बिभिन्न नियत र स्वार्थका कारण सामाजिक,आर्थिक र राजनीतिक रुपमा गरिने भेदभाव र हैरानी जस्ता संबेदनशिल मानविय समस्या न्यूनिकरणका लागि यो परियोजनाको अबधारणाको परिकल्पना गरिएको थियो ।

कोभिडका कारण बिगतमा जस्तै ब्यबधान सिर्जना नभएको खण्डमा अब अन्य समुदायसंगको कार्यक्रमले नियमितता पाउने जानकारी उप्रेतीले दिए ।

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal