eNepal

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ ।

वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित हुनुभएको हो ।

साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित हुनुभएको हो ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयो ।

स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा सिंह कांग्रेस नेतृ हुनुहुन्छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349