eNepal

दई नम्बर प्रदेशको चुनाब स्थगीत,तेस्रो चरणमा मतदान हुने

सत्तारुढ दल र राजपाबीच भएको छलफलपछि दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्। बैठकबाट बाहिरिएका गृहमन्त्री शर्माले भने, ‘२ नम्बरबाहेक अन्य १, ५ र ७ मा असार १४ मै चुनाब हुन्छ।’

महन्थ ठाकुर, राजेन्द्र महतोहरुको राष्ट्रिय जनता पार्टीले चुनाब अगाडि संविधान संशोधनको पूर्वसर्त राखेर चुनाब बिथोल्ने चेतावनी दिँदै अाएको छ। उपेन्द्र यादब र विजय गच्छदार नेतृत्वका तराईमा बलियो पकड भएका पार्टीहरु निर्वाचनको पक्षमा भइरहँदा सरकार एक्लो राजपाका लागि चुनाब सार्ने निर्णयमा पुगेको हो।

Nagarik News

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349