eNepal

मेल्बर्नमा पचास बर्ष माथिका नेपाली अभिभावकको लागि डिजिटल साक्षरता कार्यक्रम हुँदै

अस्ट्रेलीयाको मेल्बर्नमा नेपालीबाट बिभीन्न प्रायोजनका लागि आउनु भएका आमाबुबाहरुलाई लक्ष्क्षित गर्दै एनआरएनए अष्ट्रेलिया अन्तर्गतको विद्यार्थी सल्लाहकार परिषदले डिजिटल साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।

पचास बर्ष उमेर माथिका अभिभावकहरुलाई आत्मविश्वासका साथ टेक्नोलोजी प्रयोग गर्न सिकाउनका साथै कसरी अनलाइन प्रयोग गर्दा कसरी सुरक्षित गर्ने लगाएत इन्टरनेटले के-कस्ता अवसरहरू प्रदान गर्न सक्छ लगाएतको बिषयमा जानकारी गराईने एनआरएनए विद्यार्थी सल्लाहकार परिषदका सचिव सिद श्रेष्ठले जानकारी गराउनुभयो।

यो डिजिटल प्रविधिको प्रयोगले नेपाली समुदायका ज्येष्ठ नागरिकहरूको आत्मविश्वास, सीप र अनलाइन सुरक्षा बढाउने उद्देश्यले गरिएको पहल हो।सत्रमा डिजिटल प्रविधिको आधारभूत कुराहरु डिजिटल उपकरण प्रयोग गर्दा

सुरक्षित अनलाइनको उपयोग, इमेलहरू पठाउँदा ध्यान दिन पर्ने बिषय, फेसबुक र अन्य सामाजिक सञ्जाल प्रयोग, किनमेल र अनलाइन बैंकिङका साथसाथै myGov को प्रयोग गर्दा ध्यान दिन पर्ने कुराहरु समावेश रहनेछ।

कार्यक्रममा सहभागीता लागि यहाँ दिइएको लिंक क्लिक गरेर अनलाइन आवेदन भर्ना सक्नुहुनेछ: 

https://forms.office.com/r/RxcxZKgRKf

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349