भ्वाइस अफ नेपाल सिजन एकबाट एकाएक चर्चामा आएका गायक कुशल आचार्यले पर्खाई बोलको गीत लिएर आएका छन्।
गायक आचार्यकै शब्द र संगीत रहेको पर्खाईलाई समीक सापकोटाले मिक्सिङ र मास्टरीङ गरेका छन् भने म्युजीक प्रोडक्सन प्रज्वल लामाको रहेको छ।गीतको भिडीयो भने खालीद हसनले बनाएका हुन्।
कुशल ‘द भ्वइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेका प्रतियोगी हुन् । भोटिङका आधारमा विजयी छनोट हुने उक्त प्रतियोगिता उनी उपाधि जित्नबाट चुकेका थिए । यस अघी कुशलको स्वरमा ‘हावा सरर’ बोलको गीत बजारमा आइ सकेको छ। गायक आचार्यकै शब्द र संगीत रहेको गीतको भिडियो अस्ट्रेलियाको मेल्बर्नमा सुटिङ गरिएको थियो भने भिडियोको निर्देशन मेल्बर्न निवासी सुनोद श्रेष्ठले गरेका थिए।