सुदूरपस्चिम समाज भिक्टोरियाले भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने हेतुका साथ चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने र जोखिममा परेका मानिसहरूलाई सुरक्षित बनाउने उद्देश्यले भिक्टोरिया सरकारको सहयोगमा सुदूरपस्चिम नेपाली समाज भिक्टोरियाले मेल्बर्नमा रहेका सुदूरपश्चिम नेपाली समाज कार्यकारी टोली सँगको सहकार्यमा कोभिड–१९ खोप प्रोत्साहनको लागि संदेशमूलक भिन्न भिन्न गरी पाँच ओटा कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रमको संयोजक धीरेन्द्र कुंवरले गर्नु भएको थियो भने प्रस्तुति दीपमाला अवस्थीले गर्नु भएको थियो।