eNepal

व्यक्तित्व बिकास गर्ने उदेश्यका साथ मेल्बोर्नमा एकदिने उद्घोषण तालिम सफलता पुर्बक सम्पन्न

अस्ट्रेलियाको मेल्बोर्नमा अबस्थित दिदीबहिनी समाज भिक्टोरिया तथा रोयल वेस्टर्न्स क्लबको संयुक्त आयोजनामा मे २२ तारिखका दिन 33 Princess Street, St Albans VIC 3021 मा अबस्थित St Albans Community Centre मा व्यक्तित्व बिकास गर्ने उदेश्यले एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ। उद्घोषण तालिममा २५ जना बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायत नयाँ जेनेरेसनका नेपालीहरुले निक्कै उत्साह पुर्बक सहभागिता जनाएका थिए ।

उद्घोषण तालिमका प्रशिक्षक सुशील चालिसेले तालिममा उद्घोषकले कुनै पनि कार्यक्रम संचालन गर्दा सहि र उपयुक्त तरिका अपनाएर संचालन गर्दा सुनमा सुगन्ध थपेझै हुन्छ भन्दै उद्घोषण कलाका बारेमा जानकारी गराउनु भएको थियो । तालिमकै क्रममा उद्घोषण कलाको बिकास, इतिहासक्रम, यसको महत्वका बारेमा प्रकाश पार्दै उद्घोषकका साथै अन्य बक्ता भएर कसरी बोल्ने लगायत कार्यक्रमको तालिका बनाउने बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

आयोजक संस्था मध्येका एक दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष डाक्टर जमुना पराजुलीले उद्घोषण तालिमको आयोजना गर्न पाउदा निक्कै गर्बको महसुस भएको र यस्ता खालका कार्यक्रमहरु आगामी दिनहरुमा गर्दै जाने प्रेरणा पनि मिलेको बताउनु भएको थियो ।उहाँले ब्रिमबेंक क्षेत्रमा रहेका दिदीबहिनीहरुबाट अत्यन्त माग आएकोले दिदीबहिनी समाजको ब्रिमबैक युनीट छिट्टै सन्चालनमा आउने सनेत जानकारी गराउनु भयो।

यस्तै कार्यक्रमका संयोजक रोयल वेस्टर्न्स क्लबका सह-सचिब शसेन्द्र गौतमले तालिममा सहभागीहरुको उलेख्य उपस्तिथीले अझ बढी साथ् र हौसला मिलेको बताउदै आगामी दिनहरुमा पनि नेपाली समुदायलाई बिभिन्न सहभागीयता मुलक कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनु भएको थियो ।

उद्घोषण तालिमका सहभागीहरुले यस तालिमबाट आफुहरुले धेरै नयाँ तरिकाहरु सिक्न पाएको र अबका दिनमा कार्यक्रम संचालन लगायत जुनसुकै बक्ताको दायित्व निर्बाह गरि कसरी सार्थक रुपमा बोल्नु पर्ने ज्ञान प्राप्त भएकोमा धेरै खुशी ब्यक्त गरेका थिए साथै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचलान होस् भन्ने कामना गरेका थिए ।

आयोजक संस्था दिदीबहिनी समाज भिक्टोरियाका वेस्ट उनीट को-अर्डिनेटर रोशनी श्रेष्ठले उक्त तालिम संयुक्त रुपमा संचालन गर्दा संस्थाहरु बीच राम्रो समन्यव पनि हुने र कार्यक्रम संचालनका लागि चाहिने तयारी अझ बढी ब्यबस्थित गर्न सकिने र आइपरेका जिम्मेवारी बाँडफाड गर्नपाइने भएकोले सहजताका साथ अघि बढाउँन सजिलो भएको बताउनु भएको थियो। साथै यस्तो खालको कार्यक्रमले आफ्नो व्यक्तित्व विकासमा अझै निखारता ल्याउने र जनमानसमा निर्धक्क भएर आफ्ना कुरा राख्न सक्ने क्षमताको अभिबृद्धी हुने धाणा राख्नु भयो।

दिदीबहिनी समाजले कोभीड पछि समुदाए स्तरमा बिभीन्न क्षमता अभिबृद्दीका कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

Brimbank City Council को सहयोगमा संचालित उक्त तालिम कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको आयोजक संस्थाहरुले बताएका थिए।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349