काठमाण्डौ महानगरपालीकामा जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाह ५ हजार मतको नजिक पुगेका छन् । उनले ४ हजार ९ सय ५ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ६ सय १४ मत ल्याएका छन् ।
वालेनले अहिलेसम्म स्थापितसँग २ हजार २ सय ९१ को अन्तर बनाएका छन् ।
यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ३ सय १५ मत पाएकी छिन् ।