eNepal

काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका वालेन्द्र साह १४६५ मतले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका मेयर प्रत्याशी वालेन्द्र साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १४६५ मतले अगाडि रहेका छन् । अहिलेसम्मको मत परिणामअनुसार साहले ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले २ हजार मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय ८० मतका साथ उनलाई पछ्याइरहेका छन् । यसैगरी राप्रपाकी बिनिता मगैया ५ सय १३ मतका साथ तेस्रो स्थानमा छिन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349