eNepal

सिड्नीमा खुल्यो नेपाली विद्यार्थीलाई निशुल्क ‘करिअर हब’

अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीलाई पढाई, जागिर साथै अष्ट्रेलियाको संस्कृति र जिवनशैलीका विभिन्न पक्षमा सहयोग गर्नका लागी ‘करिअर हब’ संचालनमा आएको छ। धेरै नेपाली विद्यार्थीको गन्तव्य बनेको अष्ट्रेलियाको सिड्नीमा सक्रिय युवा अभियन्ताहरूले नेपाली विद्यार्थीहरूका लागी साझे मंचका रूपमा यसलाई संचालनमा ल्याएका हुन्। नेपालीहरूको बाक्लो बसोबास भएको सिड्नीको रकडेलमा खुलेको ‘करिअर हब’मा विद्यार्थी तथा अष्ट्रेलियामा करिअर विकासको बाटो खोजेका जो कोहीले आफ्नो वृत्ति विकासको लागी सहयोग पाउने संचालकले बताएका छन्।

सिड्नीका परिचित नेपाली सामुदायिक अभियन्ता मदनमणि अधिकारीको संयोजकत्वमा खुलेको ‘हब’ले विद्यार्थी तथा करिअर विकासको चाहना राख्ने सबैलाई निशुल्क व्यक्तित्व विकासको मंच प्रदान गर्नेछ। ‘करिअर हब’का संयोजक अधिकारीले हबमा विद्यार्थीहरूका लागी व्यवसायिक संजाल (प्रोफेसनल नेटवर्क) बिस्तार, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका अग्रजहरूको सहयोग, निशुल्क ईन्टरनेट, कफी साथै सिकाई स्थल (लर्निंङ स्पेश) उपलब्ध हुने बताए। अष्ट्रेलियामा नेपाली विद्यार्थीमा एक्लोपन साथै विविध मानसिक तथा अरू समस्याहरू देखिएको सन्दर्भमा यस्तो सामुहिक भेटघाट र करिअर विकासको अवसरले सकारात्मक उर्जा दिने आशा गरिएको छ। ‘करिअर हब’लाई स्वतन्त्र सिकाईको अवसर प्रदान गर्ने मंच बनाउनका लागि ‘डेन्टेड कोड’ले निशुल्क हल, ईन्टरनेट, किचन लगायतका सुविधा प्रायोजन गरेको अधिकारीले बताए। ‘डेन्टेड कोड’ले लामो समय देखी अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूलाई सिप विकास र आईटीको क्षेत्रमा करिअर बनाउन सहयोग गर्दै आएको छ।

‘डेन्टेड कोड’का संचालक तथा प्रशिक्षक प्रेम आचार्यले आफूले करिअर बनाउनको लागि धेरै दुख पाएकोले अरू नेपाली विद्यार्थीहरूले त्यसखालको दुख भोग्नु नपरोस् भनेर सामुदायिक भलाईको लागी ‘करिअर हब’ बनाउन सक्दो सहयोग गर्ने बताए। उनले ‘करिअर हब’का लागी डेन्टेड कोडले प्रदान गर्ने मेन्टर सहितको सबै सुविधासँग कुनै व्यवसायिक स्वार्थ नरहेको प्रस्ट पारे। ‘यो नितान्त स्वतन्त्र र निशुल्क उपलब्ध हुने अवसर हो, यसमा जोडिन र यसको सेवा लिनका लागी डेन्टेड कोडसँग जोडिनु पर्दैन न त यसको सेवा नै लिनुपर्छ, हामीले सामुदायिक अभियानलाई साथ दिएका मात्र हौं’, उनले भने।

सिड्नीका सामुदायिक अभियन्ता मदनमणि अधिकारी अष्ट्रेलियामा अथाह अवसरहरू उपलब्द भएपनि नेपाली विद्यार्थी आवश्यक सीप, संगत, मेन्टरिंग, नेटवर्क नमिल्दा त्यसबाट बन्चित भईरहेको बताउँछन्। त्यसलाई अन्त्य गर्न र विद्यार्थीहरूलाई आफूले पढेको क्षेत्रमा नै रोजगारी गर्न सहयोग गर्ने हिसाबले यसलाई सुरू गरिएको उनको कथन छ। निशुल्क ‘करिअर हब’ 13A/8-10 King St, Rockdale NSW 2216 मा रहेको छ।

 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349