eNepal

आज स्थानीय तहको निर्वाचन हुँदै

आज देशभर स्थानीय तहको मतदान हुँदै छ। निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार आज बिहान ७ बजेदेखि मतदान शुरु हुनेछ। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुने लागेको हो। सबै स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। यसमध्ये ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आयोगका अनुसार आज मतदान गर्न देशभर १० हजार ७५३ मतदानस्थल तोकिएका छन्। त्यस अन्तर्गत २१ हजार ८७७ मतदान केन्द्रबाट भोट हाल्ने व्यवस्था गरिएको छ।

यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउनेछन्। देशभर एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349