eNepal

मेल्बर्नमा कबड्डी -४ को तीन शो प्रदर्शन हुँदै

कोरोना महामारीले गर्दा लगभग दुई बर्ष ठप्प जस्तै रहेको मेल्बर्नमा नेपाली चलचीत्रको प्रदर्शनले बिस्तारै निरन्तरता पाउने सङ्केत देखीएको छ।

मेल्बोर्नमा कबड्डी-४ को प्रदर्शन नेप्ले ईभेन्ट्सले गर्दै छ भने चलचीत्रको तीन शो प्रदर्शन हुने छ।

चाईना टाउन सिनेमा हलमा पहिलो शो २७ मे शुक्रबार प्रदर्शन हुँदैछ भने दोश्रो शो २८ मे र तेश्रो शो २९ मे आइतबार हुनेछन्।

पछिल्ला बर्षमा नेपाल बाहिर नेपाली चलचित्रको बलियो र राम्रो बजार मानिएको मूलुकमा पर्दछ अष्ट्रेलिया। अष्ट्रेलियाका आठवटै राज्यमा चौधवटा शो प्रदर्शन हुँदैछन्।

कण्डेल कन्सल्टेन्सी एजुकेसन एण्ड माइग्रेसनले प्रायोजन गरेको यस चलचीत्रका  अघिल्ला तीन सिरिजहरू दर्शकहरूले मन पराइसकेका छन् । कबड्डी-४ को यो सिरिज पनि दर्शकहरू माझ चासो र प्रतीक्षाको चलचित्र बनिसकेको छ । 

दयाहाङ राई, सौगात मल्लले मूख्यतया अभिनय गर्दै आएको रोचक सिने शृंखलामा योपल्ट मिरुना मगर नायिकाका रूपमा प्रवेश गरेकी छन् । रिस्मा गुरुङले गर्दै आएको भूमिका उनले पाएकी हुन् ।

कबड्डी ४ मा  बुध्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, कविता आले, गौमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको भूमिका रहेको छ ।

1st show May 27th Friday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-chinatowncinema-may27/

2nd May 28th Saturday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-the-final-match-melbourne-2nd-show-28-may/

3rd May 29th Sunday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-the-final-match-melbourne-3rd-show-28-may/

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349