बगरेल्ती समाज अनि बगरेल्ती भेला सम्मेलन,गोष्ठी।चियापान देखी बरिष्ठ पाहुना भोज।सबै चलेको चलन।गफ हुन्छ अनि भाषण हुन्छ।हामी समाजको हक र हितको लागि कटिबद्द भएर लागेका थियौ,लागि रहेको छौ अनि लाग्ने छौ।नेपाली कला,सँस्कृती अनि रितीरिवाजको जगेर्नामा हामी सबैको एेकेबद्दता छ।नेपाली कला,गीत सङ्गीतमा लागेका श्रस्टाहरुको सम्मान गर्नु हाम्रो अधिकार हो।आहा सुन्दा कति आनन्द र मन छुने हुन्छ है जब व्यासमा एउटा माईक्रोफोन थमाई दिएपछि।प्रायले भन्ने यहि हो एउटा मुल मन्त्र।
हाम्रो समाजले कलाको सम्मान गर्न जानेको छ।कलाकार भनेका हाम्रा गहना हुन।उनीहरुलाई सम्मान गर्नु पर्छ।घट् घट् ताली बज्छ।
एउटा कुरा मलाई भन्नु होस्।समाजका ठुला भनौदाहरु यानिकी महामहिमहरु अहिले सम्म कुन चाँही कलाकारलाई तपाईहरुले बोलाएर सम्मान गर्नु भएको छ।सम्मानको कुरो त परै जावस कुन चाँही ईभेन्ट कार्यक्रममा गएर ताली बजाउनु भएको छ।सबैलाई यो दोष थुपार्न खोजिएको हैन।केहीले पक्कै सराहनिय काम गर्दै आउनु भएको पनि छ।श्रष्टाहरुको सम्मानमा आफ्नो व्यस्तताको बावजुद पनि केही व्यक्तित्वहरुले समय मिलाएर आएर श्रस्टाहरुलाई सम्मान गर्दै आउनु भएको छ।तर अक्सर धेरैलाई त को कलाकार आए गए अतोपत्तो हुँदैन।नेता आउनेवाला छन् भने हप्तौदेखी खदा ओडाउन तछाडमछाड गर्दै तयार हुन्छन्। मैले देखेको अनि बिगत केही बर्ष देखी भोगेको तितो यथार्थ हो भिक्टोरीया अझ भनौ मेल्बोर्नको लागि।
तपाईहरु त्यहाँ पुग्नु हुन्छ जहाँ राजनिती हुन्छ, तपाईलाई बरिष्ठको दर्जा दिएर ईमेल आउँछ अनि भोज भत्तेरको कार्यक्रम हुन्छ।तपाईहरु त्यहाँ पुग्नु हुन्छ जहाँ आफ्ना पाटीको कुरा राख्न पाउनु हुन्छ।सिधै भनौ न जहाँ रमाईलो ज्यादै कम अनि गफ बढि हुन्छ यानिकी तपाईको भाषण जहाँ नतमस्तक भएर सुन्नु हुन्छ।तपाईहरु त्यहाँ पुग्नु हुन्छ जहाँ पीआर र सिटीजन बढि छन् बिधार्थी कम किन की तपाईलाई भोट चाहिएको हुन्छ।बिधार्थीले भोट दिन पाउँदैनन् अनि धेरै बिधार्थीको जमघट भएको ठाउमा किन जाने।कुनै औचित्यनै छैन।
तपाईहरु कुनै समाजले गरेको भेलामा घुँडो टेकेर पुग्नु हुन्छ किनकी तपाईलाई त्यो प्यानलको सहयोग र समर्थन चाहिन्छ भोली चुनाबमा जितिन।भोली सम्मेलन हुन्छ, चुनाब हुन्छ, अधिबेशन हुन्छ।तपाईलाई चाहिने भनेको गुठ हो,कुनै दलबल हो अनि कुनै समुह हो।किनकि भोट झार्ने त्यहि गुठले हो कुनै पिडीत बिधार्थीले होईन।
मैले पहिला पनि भनि सके यो एनआरएनको चुनाबको माहोल लागे पछि कहाँ गएमा भोट आफ्नो पोल्टामा पार्न सकिन्छ अझ भनौ न कहाँ गए पछि आफ्नो गफ सुनेर वाहा वाही पाईन्छ त्यहाँ टुप्लुक्क पुगेका हुन्छन्।किनकी भोली भोट झार्नु छ।अनि जितेर गरिमामयी पद बहाली भएर एउटा सानो लगेज घिसार्दै देश बिदेश घुन्नु छ।गमक्क परेर कोट र पाईन्टमा कुनै कार्यक्रममा सभापतीको सफत ग्रहण खानु छ,त्यस्तै परे पानसमा बत्ती बाल्नु छ।अनि व्यासमा गएर कलाकार हाम्रा गहना हुन हामीले सम्मान गर्नु पर्छ भन्दै मिठो भाषण पड्काउनु छ।
बिधार्थी सबैले भन्ने एउटा बलीयो शस्त्र हो तर बिधार्थीहरुको पछाडी कोही हुँदैन।सबैका भावी रणनिती, बस्तुगत टिप्पणी, योजना तर्जुमामा बिधार्थी काँही छुटिन्न।आफैले बनाएको निती नियममा त बिधार्थीहरुलाई अटाउन सकिन्न भने अरुको के कुरा गर्नु।गैर नागरिक जस्तो तवरले हेरिन्छ भने त्यस्ता समाजको खोल ओडेर हिड्नुको कुनै औचित्य छ।पुतली जस्तो अगाडी नचाउन मात्र बिधार्थीको प्रयोग हुन्छ।
यो कुरा नेपालमा सबैले देखेको भोगेको अनि सुनेको कुरी हो तर अव बिदेशपनि अछुतो रहेन।बिभीन्न सँस्थाले आयोजना गर्ने बिभीन्न कार्यक्रमहरु जस्तै बिधार्थी वेलफेएर भन्यो दौडायो, चुनाब आउँछ उमेद्वारहरुको फोन आउँछ।बिधार्थी बिर्सन्छन् लौ है यसपाली फलानो फलानो बाट उठेको छु, सहयोग गर्नु पर्यो।हा हा जता गएनि बलीका बोका उहि बिधार्थी हुन्।कलालाई सम्मान गर्ने अनि कुनै कार्यक्रममा तालीले कलाकारलाई स्वागत गर्ने केबल बिधार्थी बढि हुन्छन्।समय तिनैको मिल्छ जो कलेज,कामको व्यबस्थापन गरेर कार्यक्रममा रमाईलो गर्न आउँछन् अनि हातमा हात मिलाएर कलाकारसँगै रमाउँछन्,झुम्छन्।
तर समाजका अगुवाहरु खदा ओडाउने कार्यक्रम छ अनि बिशेष निम्तो गएको छ भने कार्यक्रम हुनु अगावै कार्यक्रम स्थलको बाहिर बसेर दुईचार जनाको समुह जम्मा गरेर मिठा भाषण दिई रहेका हुन्छन्।वहा तपाईहरुको समाज प्रतीको दायीत्व,वहा तपाईहरुको कला अनि कलाकारहरु प्रतीको सम्मान।
लेखक: मनोज पौड्याल