eNepal

अस्ट्रेलियाको वुद्ध जयन्तिमा लाख बत्ती र वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा निर्मित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा लुम्बिनी कपिलवस्तु विस्व अभियानद्धारा लाख बत्ती बालेर विस्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा The Great Stupa of Universal Compassion मा वुद्ध भारतमा जन्मनु भएको भनी लेखिएकोमा अभियानद्धारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा यस्का निर्देशक इयान ग्रिनलाई अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा खादा ओढाएर र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

२.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको वुद्ध मूर्ति राखिएको तर निर्माण प्रकृया चलिराखेको The Great Stupa of Universal Compassion को निर्माण कार्य संपन्न भैसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र संभवत दक्षिण गोलार्धकै सबैभन्दा ठूलो बुद्धिस्ट मन्दिर हुने यो मन्दिरमा दैनिक सरदर ६००-७०० आगन्तुक आउने गर्छ भने वुद्ध जयन्तीको समयमा हजारौं दर्शनाभिलाषीहरु आउने गर्छन । बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरको लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परंपराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

सोही कार्यक्रममा प्रो एलिजाबेथ ह्यारिश, प्रो जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्त रुपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको  पनि बिमोचन गरिएको थियो । पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारे ।

प्रियन्का प्रधानद्धारा उदघोषणा गरिएको सो कार्यक्रममा मेलबर्नबाट करीब ८० जनाको उपस्थितिमा कार्यक्रमको लागि ३ घण्टाको ड्राइभिङ गरेर आउने समेत थियो र कार्यक्रमको समाप्तीपछि कार्यक्रममा उपस्थित बिदेशी सहित सबैले ८० बर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्बाद ग्रहण गरे ।  

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349