eNepal

कोभीड भ्याक्सिन बारे सचेतना दिलाउने अभियानमा न्याभ, गएको सप्तान्तमा तीन कार्यक्रम सम्पन्

भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने र जोखिममा परेका मानिसहरूलाई सुरक्षित बनाउने उद्देश्यले भिक्टोरिया सरकारको सहयोगमा नेपाल एसोसिएसन अफ भिक्टोरियाले मेल्बर्नमा रहेका विभिन्न नेपाली संघसंस्थाहरूसँगको सहकार्यमा कोभिड–१९ खोप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

 

सोही क्रममा गएको ७ मे शनिबार र ८ मे आइतबारका दिन तीन छुट्टा छुट्टै नेपाली समुदाएको सहकार्यमा कोभिड-१९ तथा भ्याक्सिनका बारेमा सचेतना दिलाउन न्याभले कोभिड भ्याक्सिन जागरुक अभियान कार्यक्रम सम्पन्न भएका छन्।

७ मेमा मेलबर्न नेप्लीज कम्युनिटी वेस्टसंग सहकार्यमा वाटर गार्डेन्स टाउन सेन्टर, टेलर्स लेकमा कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा ६ वर्ष माथिका १५ जना बालबालिका सहित  ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता एमएनसी वेस्टका अध्यक्ष शंकर थापाले गर्नु भएको थियो भने बालचौतारी वेस्टका संयोजक सुशील चालिसे कार्यक्रम संचालन गर्दै उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । यसका अतिरिक्त ग्लेनवेस्टबाट द्विभाषी स्वास्थ्य कार्यकर्ता दीपमाला अवस्थीले  क्यु एण्ड ए सत्र सन्चालन गर्नु भयो। कार्यक्रममा न्याभका कार्यकारिणी सदस्य एबम् समन्वय टोलीका सदस्य  कृष्ण चालिसेले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभामा रोशन दाहाल, नारायण कटुवाल, गान्धी भट्टराईको पनि उपस्थिति थियो।

अर्को कार्यक्रम ८ मे आइतबारका दिन अमेजिंग प्यारेन्ट्स नेपलीज कम्युनिटीसँगको सहकार्यमा सम्पन्न भएको थियो। २५ जनाले  सहभागीता जनाएका उक्त कार्यक्रमको अध्यक्षता संगिता तिमील्सिनाले गर्नु भएको थियो भने  कोषाध्यक्ष दिपक पाण्डेले कार्यक्रम संचालन गर्नु भएको थियो। त्यस्तै उपाध्यक्ष सन्तोष पाण्डेले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।

सोही दिन अर्को कार्यक्रम अ ब्याण्ड अफ वुमन इन एक्सन नेप्लीज ग्रुपसंगको सहकार्यमा सम्पन्न भएको छ। ५ वर्ष माथिका ५ बालबालिका सहित २७ जनाको सहभागीता रहेको कार्यक्रममा महिलाहरुको समुह अफ वुमन इन एक्सनकी अध्यक्ष रोजलिना महर्जनले अध्यक्षता गर्दै उपस्थित सवैलाई स्वागत गर्नु भएको थियो।

सो कार्यक्रममा सुरेश महर्जन, बबी लामा लगाएतका उपस्थिती रहेको थियो भने आमाको मुख हेर्ने दिन मदर्स डे पनि मनाइएको थियो।

 

सबै कार्यक्रममा प्रमुख वक्ताको रुपमा डा संदेश पन्थले (एमबीबीएस, एमडी ) कोविड १९ खोप सम्बन्धी बिशेष सत्र प्रस्तुत गर्नु भएको थियो भने न्याभका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रेमराज उप्रेतीले कार्यक्रमको महत्वमा प्रकाश पार्नु भएको थियो।

यसअघि न्याभले केसी नेपाली समाज (सीएनएस), डोरीन मेरिण्डा नेप्लीज कम्युनिटी, फकनर नेप्लीज कम्युनिटीका साथमा कार्यक्रम गरिसकेको छ भने अर्को सप्ताहान्तमा इपिंग वुलर्ट कम्युनिटीसंगको सहकार्यमा अर्को कार्यक्रम आयोजना हुँदैछ।

न्याभले नेपाली समुदायमाझ सचेतना जगाउंदै सामुदायिक एकता र सद्भावको पनि संदेश फैलाउने अभिप्रायले यो अभियानको आयोजना गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349