eNepal

एनआरएनए अस्ट्रेलीया : चुनाब, चुनौती र चासो

Madhav Paudel,Secretary,
NRNA, VIC.
करीब दुइ दशकदेखि नेपालसँग जोडिएर प्रबासमा रहेका नेपालीको हक हित र पर्यटन प्रबर्दनमा अग्रणी भूमिका खेल्दै आएको एनआरएनए निसन्देह रुपमा सम्पूर्ण नेपाली सँघ सँस्थाहरुको छाता सङ्ठनको रुपमा बिकसित हुँदैछ । बिस्वका ७५ भन्दा बढी देशमा सन्जाल फैलाएर अगाडी बढीरहेको यो सँस्था कहिले भुकम्प पीडितको उद्दारमा खेलेको भूमिका, कहिले काठमाडौंमा बन्दै गरेको केन्द्रिय भवन, कहिले अन्तरास्ट्रिय सम्मेलनहरु त, कहिले निर्वाचनका कारण चर्चामा रहीरहन्छ ।

NRNA Australia SCC member को हैसिएतले झण्डै दुइ बर्ष यस भित्र बिताउदा मैले आसा गरेको भन्दा अलि फरक सँस्थाको रुपमा यसलाई अनुभुत गरे । एउटा सुभेच्छुक र सदस्यको हैसिएतले हेर्दा निम्न व्यबहारिक र नितिगत कमजोरीहरुलाई अबको नेतृत्वले बिषेश ध्यान दिदै अगाडी बढ्नु पर्ने मैले महसुस गरेको छु ।

१: SCC (State Co ordination Committee) लाई बिधानत अधिकार हस्तान्तरण ।
अहिले को सन्दर्भमा SCC केबल NCC को निर्णयलाई कार्यान्वयन गर्ने निकाय मात्र बनेको छ । स्वतन्त्र तरिकाले आफ्नै ठाउँ, समय र माग अनुसारका कार्यक्रम तय गर्ने र सम्पन्न गर्न सक्ने अधिकार दिइदा State बलियो हुने र मुल्यान्कन प्रकृया पनि सहज हुने गर्दछ ।
यती ठुलो सम्रचना भएको सँस्थामा सुव्यबस्थित तरिकाबाट कर्तब्य र अधिकार सहित जिम्बेबारी हस्तन्तरण गर्ने पद्द्ती देखिएन । State लाई काम दिइन्छ्, अधिकार छैन । जस्तै “नेपाल फेस्टिभल २०१६” पूर्ण रुपमा State ले गर्छ, सबैसँग मिलेर, संयोजन गरेर, अनुनय बिनय गरेर, । तर निर्णय NCC बाट हुन्छ, महत्वपूर्ण ठाउँमा र प्रत्यक्ष देखिने ठाउँमा हस्तछेप हुन्छ । अनि सोही कार्यक्रममा सहयोग गरेका, कम्युनिटीमा काम गरेका कमिटीमा रहेकाहरुलाई प्रेरीत र प्रोत्साहन गर्नुको सट्टा, भर्र्याङ बनाउने काम हुन्छ । यि सबाल मा नेतृत्व तह पटक्कै ब्यबहारीक हुन नसकेकै हो । आधार बलियो हुनुपर्छ र बनाउनु पर्छ भनेर बिर्से जस्तो पनि गरेकै हो ।

२: बिधी बिधान र पद्दतिमा सुधार र अडिग।
बिधी बिधान र पद्दतिलाई सुद्दिकरण त परै जाओस्, गुट्, उपगुट र निजी स्वार्थ मा अल्झेर यसलाई अझ बिसाक्त बनायौ । Membership form भर्ने अन्तिम दिन (April 31) बेलुकी झन्डै ४ घन्टा मा करीब ४ हजार सदस्य बने एनआरएनए वेभसाईटमा, । एकैचोटि, अन्तिम समयमा, अस्वभाविक रुपमा बढेका सदस्य सङ्ख्या, त्यसमा पनि, नाम एउटाको, Medicare card अर्काको राखेर । कहाँबाट कसरी बने वा बनाइए बुझ्न गार्हो नहोला ।
अब सत्य प्रमाणीकरण गर्ने जिम्मा state secretary र co ordinator लाई । चिनिन्छ, आफ्ना State का धेरै ब्यक्ति, PR छ, medicare card छ । सच्याउन कागजात चाहियो भनेर फोन गर्दा, ए! मसँग त फलानो दाई ले माग्नु भा को हो कार्ड, अरु त थाहा छैन रे । अब के सोध्नु ? तै पनि मेम्बर यसरी बने, approve भए ।

सबाल सदस्यताको भन्दा पनि पद्दतिको हो । सस्था को लागि केहि पैसा जम्मा होला, झट्ट हेर्दा, सदस्य सङ्ख्या पनि धेरै देखिएला, तर प्रकृया र पद्दति नै गलत भए पछी कस्तो नेतृत्वको आशा गर्ने यसबाट ? जन्माउने र जन्मिने प्रकृया नै गलत भएपछी कस्तो परिणाम को आसा राख्ने तेस्तो नेतृत्व बाट ? के हामी सभ्य समाजमा रहेर पनि सही र गलतको लक्षमण रेखा पहिचान गर्न नसक्ने गरी नेपाली राजनीतिबादको चक्र ब्युहमा फसेकै हौ त ? हैन भने सँस्थाको बिधि, बिधान र अगुवाहरुको समान्य अचारण्, पारदर्सिता, खटाइ, जबाफदेहिता र उत्तरदाईत्व हेर्दै सहीलाई सही र गलतलाई गलत किन भन्न सक्दैनौ ? किन सामाजिक सस्थालाई आफ्नै राजनीतिका रङ र पूर्वग्रही आखाले मात्रै हेर्दै समाबेसी बन्न दिदैनौ ? किन सामाजिक सँस्थामा पनि कम्युनिटीको आखा भन्दा बढी राजनीतिक आखा तन्काउछौ ?त्यसैले, ब्यक्ती हारे पनि पद्दति नहारोस्, अनि मात्र सस्था को जित हुन्छ । तर, बिडम्बना, हामीले ब्यक्ती र शक्तीको चिन्ता गर्यौ न कि सस्था र पद्दति को ।

३: पारदर्सिता र जिम्बेबारी बहन ।
पूर्ण रुपमा voluntary काम गर्न इच्छुक ब्यक्ती हरु प्रती त्यती ठुलो गुनासो त हैन । सबै कुरा समय मै सक्न कहिले प्राविधीक समस्या, कहिले mis-communication त कहिले पारिबारीक कारण पनि रहन्छन । तै पनि जिम्मा लिए पछि, मैले के गरे? कती गरे ?र कत्तिको पारदर्सी र जबाफ देही बने? भन्ने प्रश्नहरुले, आफ्नै ब्यक्तित्व लाई माथि उठाउँछन । यदी समय दिन नसके, परिबारको अरु योजना भए, २ बर्ष पछी समाज सेबामा आउँदा पनि हुन्छ, तर सँस्थामा आएपछी कम से कम केहि योगदान गर्नु पर्छ । कमिटी र कम्युनिटी भित्र इमान्दरिता देखाउने हो भने event वा program wise समसामयिक रुपले update हुनु पर्छ । कसैसँग fundraising को लागि request गरिन्छ भने त्यस पछाडी को update र note of thanks पनि त्यतिकै महत्वपूर्ण हुन्छ । Walk for Welfare (April 17th) and Pathivara Fundraising (oct.1, 2016) NCC को निर्णयमा MELBOURNE मा गरिए, सस्तो प्रचार को लागि कि , बोलेका रकम पनि उठे ? कती उठ्यो ?, कती हस्तान्तरण भयो ? र परिणाम कस्तो रह्यो ? अब फेरी यस्तै प्रोग्राम अगाडी बढाउदा के कुरामा ध्यान दिने ? यि प्रश्न को समिक्छा र Minuting सबै committee सग किन नपुर्याउने ? बोलेको रकम को follow up नहुने, बिस्तारै बिर्सने र छोड्ने प्रबृती भएको पाइयो । पारदर्सी नहुँदा सस्था र ब्यक्ती माथि नै प्रश्न उठ्छ, उठिरहेको छ ।

४: सामाजिक सस्थाहरुसँग सहकार्य ।
बिस्तारै अगाडी बड्दै गरेको नेपाली समाज एकतिर नेपाल को राजनीतिक आकास मा बादल मडारिदा एतातिर बछिटा आइपुग्छन र घमासान बिचारको युद्द फेशबुकको माध्यमबाट अगाडी बढ्छ, जसमा नेपाली अग्रणी शक्तीका गन्ध्, बिचार, आबाज र भावना आउछन । अर्को तिर यही नेपाली समुदाय भित्र राजनीति प्रती खासै चासो नदिने र केबल समाज सेबाको रुपमा अगाडी बढ्न खोज्नेहरुको जमात पनि ठुलो छ । ब्यक्तित्व र काम गराइलाई अगाल्दै अगाडी बढ्नेलाई यो बर्गले प्रोत्सहित गरेको देखिन्छ । त्यस्तै गरेर बिभिन्न क्षेत्रमा ज्ञान हाँसिल गरेर सम्बंधित क्षेत्रमा काम गर्दै आउनु भएका बिद्द्वत ब्यक्तित्वको बिचार, समिछा र दृस्टिकोण चाही बस्तुपरक र निस्पछ हुने गर्दछ । समाजलाई अगाडी बढाउन यो बर्गको सहयोग र सुभेच्छा महत्व पूर्ण रहन्छ । यसकारण्, सबै सँघ सस्था, समुदाय, बिचार र भाबना लाई बुझ्दै, सबैसँग सहकार्य र समान्बय गर्दै तद अनुरुपको कार्य योजना बनाउनु, र चार जात छत्तिस बर्ण को फुलबारी बाट आएका हामी यहाँ पनि त्यस्तै बाताबरण बनाउन को लागि सदभाव्, सहयोग सदाचार र समाबेसिता सहितका कार्यक्रम र योजना सहित अगाडी बढ्नु अबको नेतृत्व को अपरिहार्यता हो, अग्रगामी बाटो हो ।

अन्तमा ,एनआरएनएको movement मा ICC level देखी सर्बाधिक सफल रुपले leading गरिरहेको NRNA Australia, new idea create र implement गर्ने तह देखी बिभिन्न सामजिक कार्य र सहयोगी भूमिका मा समेत अग्रपङ्तीमा रहदै आएको छ । यस्लाई कायम राख्दै, चुनाब सगै आउने चुनौतीलाई सामना गर्दै आम एनआरएनहरुको सोच, चासो र मान्यतालाई नयाँ र समय अनुकुल तरिकाबाट अघी बढाउन पर्ने दबाब पनि अबको नेतृत्व तहमा पर्नेछ ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349