eNepal

एक्सपर्ट सगरमाथा ब्लुजले जित्यो ग्लोबल ईन्टरफेस टि टेन च्याम्पियनसिपको उपाधी

भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसीएसन (भिएनसीए) को आयोजनामा भएको ग्लोबल ईन्टरफेस टि टेन च्याम्पियनसिपको चौथो सँस्करणको उपाधी एक्सपर्ट सगरमाथा ब्लुजले जितेको छ।

प्रतियोगिताको फाइनलमा एक्सर्ट सगरमाथाले फारवेस्ट हन्टरलाई ४२ रनले पराजित गर्दै उपाधि हात पारेको थियो। पहिलो ब्याटिङ गरेको एक्सपर्टले एक विकेटको नोक्सानीमा अत्यन्त रोमान्चक र विष्फोटक ब्याटिङ गर्दै एक सय ८५ रन जोडेको थियो भने प्रतिउत्तरमा फारवेष्ट हन्टर दस ओभरको खेलमा चार विकट गुमाउँदै  एक सय ४३ रनमा आफुलाई सीमित राख्न पुग्यो।

एक्सपर्ट सगरमाथा ब्लुजका आशिष जिसीले शतकीय पारी र सुमितले अर्धशतक पूरा गरेका थिए भने फारवेष्ट हन्टरका ब्याटसम्यान बासुले ५६ रन जोडेका थिए। 

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानमा माभेन क्रिकेट क्लबका मनिष खकुरेल, उत्कृष्ट बलरमा निराजन कार्की घोषित भए भने उत्कृष्ट विकेट किपर सुदीप न्यौपाने र म्यान अफ दि सिरिज सञ्जय खत्री चुनिएका थिए। 

प्रतियोगिताको विजेता एक्सपर्टलाई तीन हजार डलर  तथा उपविजेता फरावेष्टलाई पाँच सय डलर नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेता खेलाडीहरूलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष एबम् भिक्टोरीया कोअडीनेटर हरि खड्का, ग्लोबल इन्टरफेसका निर्देशक विभूषण जोशी लगायत अन्य प्रायोजकहरुका प्रतिनिधीहरुबाट पुरस्कार,ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो। 

यस बर्ष माभेन क्रिकेट क्लब, ब्राइटन युनाइटेड क्लब, सुदूर पश्चिम क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब र एक्सपर्ट सगरमाथा  ब्लूज गरेर पाँच टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिता बोइङ रिजर्भ स्ट्राथमोर हाइट्समा सम्पन्न भएको थियो प्रतियोगिताको प्रत्यक्ष प्रशारण ईनेपाल टिभी एचडीले गरेको थियो।

प्रतयोगीतालाई ग्लोबल इन्टरफेस एजुकेसन एणड भिषा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ भने बेटर चोईस, मरिना जोसी लयर्स, आइस्टेट रियल एजेन्ट्स, एइसीसी ग्लोबल, डेस्टीनी होम्स, एभरेस्ट ड्राइभिङ सेन्टर, यात्रा द कनेक्सन्, बिओक्यु वेरेबी, डेस्टिनी लिभीङ, काठमाण्डौ कटेज लगाएतको सहयोग रहेको छ।

क्रिकेट भिक्टोरीया, एनआरएनए, नेपाली जनसम्पर्क समिती अस्ट्रेलीया, नेप्लिज एसोसियसन अफ भिक्टोरीया, सोलाङ्चर र एभरेस्ट युनाइटेड क्लबको समर्थन रहेको यस प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन साथ दिनु हुने क्लव, खेलाडीहरु, सबै संघसँस्था, स्वयंसेवक लगाएत प्रायोजकहरुलाई अध्यक्ष संघका सुजीत बस्नेतले बिशेष धन्यबाद दिनु भएको थियो।

भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349