एउटा भाई बिधार्थी भिषामा अस्ट्रेलीया आयो।यो घटना करिब दुई बर्षको हो।सोर्ह बर्ष मात्रै नाघेको भाईको नेपालमा गर्ल फ्रेन्ड रहेछ।आजकाल साथी कसको पो नहोला र।जन्मेर हाई भन्न नसिक्दै फलानोसँग क्रस र माईनसको कुरो हुन्छ, भन्छन् नि थर्ड जेनेरेसन।के हो भन्थे यहि लबसवको मामलामा उम्रे देखिको पोख्त भएर पनि होला थर्ड जेनेरेसन भनेको।
भाई आएको बर्ष दिन नबित्दै हानीएर नेपाल गयो।साथीहरु सबै चकित।किन गयो न त पढाई सकिएको छ।न घरमा एमर्जेन्सी छ।फोनमा खुसखुस गर्दा गर्दै एक्कासी नेपाल गयो।फेसबुक केही दिन पुरै डिएक्टीभेट।आखिर किन गयो त केटो।साथीहरु सङ्का माथी उपसङ्का गर्न थाले।कतै घरमा अप्रीय घटनापो भयो कि।कतै गर्ल फ्रेन्डको अर्कैसँग बिहे पो हुन आट्यो कि।कतै मेन्टल्ली तनाबमा पो थियो कि।हाँस्दै खेल्दै काम गर्दै कलेज जाँदै गरेको साथी एक्कासी अतोपत्तो नदिई जाँदा बिभीन्न कुरा मनमा उव्जनु कुनै नौलो पनि भएन।
हप्ता दिन पछि एउटा कोही अपरिचीत साथीले फोटो हाल्छ अस्ट्रेलीयाबाट गएको केटोलाई ट्याग गरेर।बैवाहिक जिवनको शुभकामना क्याप्सन लेख्दै।झट्ट फोटो हेर्दैा साथीहरु सव मुखामुख गर्छन्।अनि हाँछन् ए साथीको मास्टर प्लान त यस्तो पो रहेछ।त्यस पछि बधाई र शुभकामनाका बाणी बर्सन्छन्।केटोले पनि फोटो हाल्छ नव जोडीको।केही दिनको रमझम् पछि छोरो अस्ट्रेलीया हानिन्छ।भिषाको लागि चाहिने कागजपत्र सबै साथमा लिएर आएको हुन्छ।आएको भोली पल्ट कन्सल्ट्यान्सी जान्छ दाई कान्छीलाई डिपेन्टेन्टमा ल्याउन पर्यो।एक्लै त कलेजको फि पनि परै जावस् खान बस्न अनि ट्रेनको भाडा जोह गर्ननि गार्हो भो।बोरु उसलाई ल्याए पछि कान्छीले फुल टाईम काम गर्छिन।अनि बल्ल केही राहत हुन्छ होला।यसरी त न कलेजको फीनै जुटाउन सकिने भयो न घरको ऋृणनै घटाउन।
कन्सल्ट्यान्सीले हैट किन यस्तो गरेको, किन यो उमेरमा बिहे गरेको, अलिक हतार पो गर्यौ कि किन पो भन्थ्यो र मुखैमा आएको आहारालाई।गजब गर्यौ भाई सहि दिमाग लगायौ।बाठो मान्छेले गर्नेनै यहि हो।अब उ आएपछि कामपनि दोब्बर, मालामाल हुन्छ।केटोले नेपालबाट ल्याएको कागज बिशेष बिबाहको प्रमाणपत्र बुझायो।चाहिने मुख्य त्यहि थियो।
केही दिन पछि भिषा आउँछ।दुबै मख्ख।छट्टीएर बस्न पर्दाको त्यो क्षण सम्झेर अव केही हप्तामा भेटहुने सपनाले दुवै मख्ख।हल्का सपिङ अनि टिकट तयार।निधारमा टिका घाँटीमा खदा अनि हातमा सगुन।आँखामा आशु स्याँक्क स्याँक्क।देखिन्जेल सम्म बाई बाई अनि लगेज र्याई र्याई।कान्छी लागीन सबैलाई टाटा बाई बाई।करिब बार्ह घण्टा पछि नानी अस्ट्रेलीया आईन।अहिलेको सबै युवाहरुको सपनाको देश।एक अर्का आलिङ्गनमा बाँधिन्छन्।एयरपोर्ट सँगै गएको साथीलाई समेत अप्ठ्यारो।त्यस पछि सुरु हुन्छ जिन्दगीको रमाईलो यात्रा गाडीमा सरर।गीत बज्छ नयाँ सपना नयाँ शहर कर्मा व्याण्डको।
गएको भोली पल्टै साथीले काम तयारी अवस्थामा राखेको रहेछ।भोली पल्टसँगै लिएर गयो काम गर्ने ठाउँमा।सबै अहरायो।ट्रेन यसरी चड्ने अनि ट्र्याम यसरि।बुढासँग राम्री पनि गफ हुन पाएको थिएन काममा पेलीन सुरु भयो।त्यस पछि त कामको थकानले रमाईलो गर्न बिर्से जस्तो भयो।थाकेर लखतरान भएर न्याउरो मुख लगाएर साँझ घर आयो।दुवै थकित मुद्रमा एउटा पुर्व अर्को पश्चिम फर्क्यो सुत्यो।किनकी भोली सबेरै काममा जानु छ।यसरि अस्ट्रेलीयाको दैनीकी शुरु भयो।
दिन महिना बित्यो कति खेर पत्तै भएन।कति कमाएछु भनेर लेखाजोखा गर्ने दिन ठ्याक्क कलेजको मेल देखाउँदै हेर त बुढी केलेजले वार्नीङ लेटेर पठाएछ।के लेखेर पठाए छ त बुढो।कलेज फि तुरुन्तै तिरेन भने ईमिग्रेसनमा खबर गर्दिन्छ रे।फेरी खबर गर्दीयो भने त डिपोट पो होईन्छ।अनि कान्छी झनक्क रिसाउँदै भन्छे ए तिमीले हतार हतार गएर बिवाह गर्नुको कारण त यो पो हो।डिपेन्डेन्टको नाम दिएर मलाई मेसीन छाप्न भिषामा पो बोलाएको।अाखिरी मलाई अहिले बिवाह गर्ने हतार पनि थिएन।बोरु उतै भर्खर करियर बनाउँदै थिए।न एकदिन रमाईलो गर्नु छ,न मज्जाले सुत्नु पाउनु छ।बरु मेसीनले रेस्ट गर्न पाउँछ,न त कुनै दिन रेस्ट छ।अहिले पो बुझे के भनेको मेसीन छाप्ने भिषा भनेको।आखिरी तिम्रो डुबेको भविस्य बनाउने मेसीन पो सम्झे छौ है।धिक्कार छ तिमीलाई।क्रमस:
नोट: कसैको जिवनको यथार्थसँग मेल खान गएमा केवल संयोगको रुपमा लिनु होला
लेखक: मनोज पौड्याल