मेल्बर्नको पश्चिम क्षेत्रमा रहेको रोयल वेस्टर्न क्लबका कार्यसमिति सदस्य सुसन खतिवडाको परिवारलाई क्लवले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
२०७८ साल फाल्गुन २८ गते यानिकी १२ मार्चका दिन असामयिक निधन भएका खतिवडाको परिवारलाई क्लबको पहलमा कार्यसमिति सदस्य, स्वयंसेवक, सल्लाहकार, खेलाडी तथा क्लबका शुभचिन्तकहरुको तर्फबाट आर्थिक संकलन बुझाइएको हो।
जम्मा सङ्कलित रकम आठ हजार एक सय एक्काइस डलर उहाँको धर्मपत्नी श्रीमती दिलु लामा खतिवडाज्युलाई क्लबका पदाधिकारीहरुको उपस्थितिमा उहाँको निवासमा हस्तान्तरण गरिएको छ।
क्लबलाई यो विषम परिस्थितिमा हातेमालो गर्दै आर्थिक रकम संकलन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुमा क्लबका तर्फबाट हार्दिक आभार प्रकट गरेको छ।
साथै दुख:द घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।