सन् २००० मा नेपाली साङ्गीतिक आकाशमा आएको मन्त्र ब्यान्ड शुरुवातीमा तिन जनाको समुह मिलेर बनाईएको व्याण्ड हो जसमा लिड गितारमा प्रज्ञा लामा,ड्रममा ब्रिज चौधरी अनि बेस गीतारमा प्रभास सुब्बा रहेका थिए।केही महिना ईन्स्ट्रुमे्टल धुनहरु बजाई सके पछि कता कता केही खट्केको अनुभव भयो अनि त्यो धुनमा स्वर भर्ने मान्छे भए अझ सुगन्ध थप्ने भरोषाका साथ भास्कर देवानलाई आफ्नो समुहमा सम्माहित गरे।पछि मनिष थापालाई किबोर्ड बाधकका रुपमा अनि बिधान थापालाई मुरली र सेक्शाफोन राखे पछि मन्त्र व्यान्ड ब्यान्डले पुर्णता पायो।यसको लगत्तै गोर्खा रक्स नाम दिएर बजारमा एल्बम आयो जसमा तिमी बिना बोलको गीतले बजार एकाएक ततायो।
अङ्ग्रेजी नामबाट धेरै ब्यान्डहरुको नाम आई रहेको परिप्रेक्षमा नेपाली पन अनि मौलीक नाम जसले शुभको सङ्केत पनि गर्छ त्यहि नाम अन्तत: रोजे र सन् २००३ मा यहि नाम दिएर पहिलो एल्बम मन्त्र बजारमा लिएर आए।सन् २००५मा दोस्रो एल्बमको रुपमा रक यात्रा अनि २००६ मा हिमाली नेपाली नामक एल्बम बजारमा लिएर आए।
दार्जीलिङको रक ब्याण्ड मन्त्र आज युवा माझ चिरपरिचीत छ। गोर्खालीको छोरो म, सँस्कृती, सधै सधै लगाएत दर्जनौ गीत आज नेपाली माँझ लोकप्रीय छन्।पहिलो चोटी अस्ट्रेलीयाको भ्रमणमा रहेको यो ब्यान्डले १२ जुन सोमबारका दिन मेल्बोर्नमा आफ्नो प्रस्तुती दिने भएको छ।नेप्ले ईभेन्ट्सले आयोजना गर्न लागेको सङ्गीत हाम्रो साथी सिजन २ का लागि मन्त्र व्यान्डको साथमा मिठो स्वरकी धनी पप गायीका त्रृष्णा गुरुङ्ले पनि आफ्नो प्रस्तुतीहरु दिदैछिन्।