नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले आफ्नो २५ औं वार्षिक उत्सव बिशेष कार्यक्रमहरुको आयोजना गर्दै भव्यताका सम्पन्न गरेको छ।
बिशेष समारोहमा बहुसांस्कृतिक मामिला, सामुदायिक खेलकुद र युवा मन्त्री रोज स्पेन्सको उपस्थिती रहेको थियो। त्यस्तै अपराध रोकथाम, सुधार, युवा न्याय र पीडित समर्थन मन्त्री नेटली हचिन्स, संघीय सांसद पिटर खलील, ऊर्जा बहुसांस्कृतिक मामिला र नागरिकता समुदायको रिकभरी मन्त्री क्रेग अन डार्ची, एमपीका प्रतिनिधि ब्रुस एटकिन्सन , भिक्टोरियन बहुसांस्कृतिक आयुक्तका अध्यक्ष भिभियन नुघेन, भिएमसी उपाध्यक्ष ब्वे थाय, पूर्व डिएचएचएस र वर्तमान भिएमसी आयुक्त डा. मोहम्मद मोहिदिन, टिम लरेन्स, एमपी ड्यानियल मुलिनो, एमपी सुश्री मारिया वामवाकिनौको उपस्थिती रहेको थियो।
त्यस्तै टीना लिउ, सीआर मार्क रिले, सीआर जस्मिन नुघेन, सीआर सामन्था बायर्न, एडी मिकालेफ, जो क्यापुटो, सीआर सु बोल्टन, सुश्री क्याम नुघेन, दीपक विनायक जेपी, कङ्गो समुदायका अध्यक्ष क्लोभिस मवाम्बा, डिइसीसीका अध्यक्ष नालिहा सूर्यकुमारा, सामुदायिक प्रतिक्रिया अस्ट्रेलियाका अध्यक्ष सन्नी दुग्गल, बहुसांस्कृतिक ताइवानी व्यापार अष्ट्रेलियाबाट जेनिफर याङ , बहुसांस्कृतिक भारतीय व्यापार समुदायबाट प्रवीण कुमार, बहुसांस्कृतिक मित्र नेपालबाट (Aussie Actions Board) ग्राम केन्ट , भिक्टोरीयन स्वास्थ्य बिभागबाट सुवेश पन्त, सु चेम्बरलेन, श्पिटर हल, सामुदायिक नेतृत्व नेपाल फाउन्डेसन ट्रेभर मोइल, जेट अष्ट्रेलिया फाउन्डेसनका अध्यक्ष सत्य रामादुगु, नेपालका लागि बहुसांस्कृतिक मित्रताबाट एमएस क्याथलिन म्याथ्यू, थ्री सिआर रेडियो मेलबर्न स्टेशन प्रबन्धक राचेल किर्बी, 3CR रेडियो परियोजना संयोजक जुलियट फक्स, सिटी अफ ग्रेटर जिलंगका जिम म्यासन, ग्रेटर शेपार्टन सिटी काउन्सिलका मेयर सीमा अब्दुल्लाको प्रतिनिधित्वको उपस्थिती रहेको थियो।
शेफाटन नेपाली समुदायका अध्यक्ष मीना मल्ल , ग्रेटर शेपार्टन नगर परिषद् रणनीतिक संलग्नता संयोजक प्रतिनिधि हेम केसी लगाएत र भिक्टोरियामा रहेका प्राए सबै नेपाली व्यवसायका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा भारतीय सामुदायिक कलाकार, भियतनामी सामुदायिक कलाकार, नेपाली सामुदायिक कलाकार, गुल्मी समाज कलाकार टोली, बालचौतारी थोमस्टाउन र न्याभका कलाकारहरुबाट बिभीन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।
करिब पाँच घण्टा सम्म सन्चालन भएको कार्यक्रममा न्याभले आफ्नो स्थापना काल देखी हाल सम्म गरेको कामको बारे जानकारी दिने हेतुले श्रब्यदृश्य सामाग्री प्रस्तुत गरेको थियो जसलाई मुक्तककार एबम् म्युजिक भिडीयो निर्देशक सुशील चालिसेले निर्देशन गर्नु भएको थियो।
रजत जयन्ती समारोहको अबसर पारेर न्याभले स्मारिका पुस्तिका पनि प्रकाशन गरेको थियो जसमा अस्ट्रेलीयाका प्रधानमन्त्री स्कट मोरीसन लगाएत भिक्टोरीया प्रिमीएर डेनियल एन्ड्रीयुज लगाएत अन्य विशिष्ट व्यक्तित्वहरुको शुभकामना समाबेश गरिएको छ भने न्याभको बिगत वर्तमानर भविस्यको बारे संक्षीप्त जानकारी मुलक सामाग्री समेटिएको छ।
सोही अवसर पारेर न्याभले आयोजना गर्दै आएको न्याभ एक्सिलेन्सी अवार्डपनि बितरण गरेको थियो।
अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा कार्य गर्दै नेपाली सेवा र प्रवर्द्धन गर्न समुदायका सदस्यहरूलाई उत्प्रेरित गर्न यो पुरस्कार वितरण गर्दै आएको छ।
भाषा र संस्कृति, व्यावसायिक वा शैक्षिक उपलब्धि, नेतृत्व वा वकालत बिधाका साथसाथै नेपाली समुदायको लागि सराहनीय सेवा बिधाका अवार्ड बितरण गर्ने गरिन्छ।
यस पालि बिभीन्न पाँच बिधाको अवार्डको लागि १८ मनोनयन प्राप्त भएको थियो। सुनिल भण्डारीको संयोजकत्वमा मनोज घिमिरे, श्री पन्त, भोला गिरी, प्रेरणा मल्ल र हेमराज चालिसे सदस्य रहेको पुरस्कार समिति गठन गरिएको थियो।
भाषा र संस्कृतिमा उत्कृष्टता अवार्ड हाम्रो नेपाली पाठशाला भर्मन्ट साउथले पाउन सफल भयो भने व्यावसायिक एवम् शैक्षिक उपलब्धिमा उत्कृष्टता अवार्ड डा. खगेन्द्र थापालाई प्रदान गरियो।त्यस्तै नेतृत्व वा वकालतमा उत्कृष्टताका लागि जिलोङ नेप्लिज एसोसियसनलाई अवार्ड प्रदान गरिएको थियो। नेपाली समुदायको लागि सराहनीय सेवा गरे बापत वेन शुल्ट्जलाई सम्मानित गरियो भने खेलकुद मार्फत सामुदायिक संलग्नताका लागि रोयल वेस्टर्न क्लब अवार्डबाट सम्मानित भएको थियो।
जोग लिम्बु र डा राजु अधिकारी सहितको संचालन समितिले यो कार्यक्रमको व्यवस्थापन गरेको थियो भने इभेन्ट व्यबस्थापन टिममा रञ्जन वैद्य, दीपा राई, ललिशा थापा र पुनम गुरुङ रहनु भएको थियो। अतिथि व्यवस्थापन टोलीको नेतृत्व बम योञ्जन, प्रेम उप्रेती, मेरिना जोशीको समुहले हेर्नु भएको थियो भने अनुदान तथा वित्त डा याकिन्द्र तिम्ल्सिना, डा अनुपम पोखरेल, डा राजु अधिकारीले गर्नु भएको थियो।स्वयंसेवक, हल तथा टिकटिङका लागि तारा गैरे अनि स्मारिका पुस्तक प्रकाशनका लागि प्रबन्धक जोग लिम्बु , सुधीर शाक्य र न्याभका सबै पूर्व अध्यक्षहरूले मुख्य भुमिका निभाउनु भएको थियो। कार्यक्रमलाई दिक्पाल देव पंगेनी, प्रेरणा मल्ल र निरु त्रिपाठीले पालैपालो सन्चालन गरेका थिए।
कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन अहोरात्र खटेर सहयोग गर्ने सम्पुर्ण ब्यबस्थापन टिममा रहनु भएका व्यक्तित्वहरु, प्रायोजकहरु, मिडीयाका साथीहरु, स्वमसेबकहरु, बिभीन्न समाजका अगुवाहरु, नेपाली सँघसँस्थाहरुलाई न्याभका बर्तमान अध्यक्ष राम गुरुङले बिशेष धन्यबाद दिनु भएको छ।