सामुदायिक प्रतिक्रिया कोष (Community Response Fund) अन्तर्गत स्वास्थ्य विभागबाट जिलोङ नेप्लिज एसोसियसनलाई $२२००० अनुदान प्राप्त भएको छ।
जिलोङ नेपाली एसोसिएसन (जीएनए) ले सन् २०२० देखि कोभिड १९ महामारीबाट प्रभावित जिलोङमा बसोबास गर्ने नेपालीहरूलाई विभागीय कोषमार्फत ‘कोभिड राहत प्याकेज’ उपलब्ध गराउँदै आएको छ भने हालसम्म दुईवटा कोषका गतिविधि सम्पन्न गरिसकेको छ ।
समुदायहरूलाई आत्म-व्यवस्थापन गर्न र कोभीडसँग सुरक्षित रूपमा बाँच्न सहयोग गर्न बिभीन्न गतिविधिहरू प्रदान गर्न सँस्थाले योजना बनाएको जिएनएका अध्यक्ष निरज करनजितले जानकारी गराउनु भयो। समुदायहरूलाई स्व-व्यवस्थापन गर्न र कोभीड १९ सँग सुरक्षित रूपमा बाँच्न सहयोग गर्ने गतिविधिहरूको लागि गृहकार्यहरु भइरहेको समेत बताउनु भयो।
यस परियोजना अनुसार लक्षित समुदायीक समूहहरूको बढ्दो संख्यामा परीक्षण गरी सुरक्षित तरिकाले घरमै कोभीड व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। समुदायमा क्षति कम गर्न केस र सम्पर्कहरूको प्रारम्भिक पहिचान गरी सुरक्षित र प्रभावकारी रूपमा पृथक समुदायका सदस्यहरुलाई कोभिड-सुरक्षित व्यवहारहरूबाट लाभान्वित गर्न बिभीन्न कार्यक्रमहरु गरिने जानकारी गराउनु भयो।
जिएनएले २०२० देखि कोभिड-१९ महामारीबाट प्रभावित जिलोङ र जिलोङ आसपासको सर्फ कोस्टमा बसोबास गर्ने नेपालीहरूलाई विभागीय कोष मार्फत ‘कोभिड राहत प्याकेजहरू’ र सांस्कृतिक रूपमा उपयुक्त खाना उपलब्ध गराउँदै आएको छ। यस अघी $२५००० को दुईवटा कोष गतिविधिहरू पूरा गरेको छ।
संस्थाले गत बर्ष अक्सिजन सिलिन्डर खरिद गर्न एनआरएनए अस्ट्रेलीयालाई सहयोग गर्न जिलङ समुदायका सदस्यहरूबाट $२५०० भन्दा बढी रकम सङ्कलन गरेको थियो।त्यस्तै दैनिक ज्यालादारी गर्ने परिवारलाई पारिवारिक खाना प्याकेज र सडकमा बस्ने मानिसहरूलाई तातो खाना वितरण गर्न नेपालका तीन संस्थाहरू सानो पाइला, हर्ट बिट र हितेरीलाई जनही नगद ४०,७०० रुपयाँ बराबरको रकम सहयोग गरेको थियो।