eNepal

हिमालयन फुटवल क्लवद्वारा पत्रकार सम्मेलन गर्दै प्रायोजक एबम् सल्लाहकार घोषणा

सन् २०१७ मा मेल्बर्नका केहि समाजका सक्रिय सदस्यहरुद्वारा स्थापित भएको हिमालयन फुटबल क्लबले सन् २०२१/२०२२ को लागि क्लवको प्रायोजकका साथै नयाँ समिती र सल्लाहाकार घोषणा गरेको छ। 

गत साता मेल्बर्नको मुस्ताङ प्यालेस, सिड्नी रोड, कोबर्गमा हिमालयन फुटबल क्लब प्रायोजन सम्झौता एबम् पत्रकार सम्मेलन आयोजना गर्दै  प्रायोजकहरुका साथै नयाँ कार्ययमिती समेत गठन गरेको हो।

उक्त भेलाले समितिका सदस्यहरु चयन गरेको छ।समितीको अध्यक्षमा मनोज राई चयन भएका छन् भने उपाध्यक्ष/संयोजकमा शुभम राई चुनीएका छन्।सचिवमा विकास गुरुङ, जनसम्पर्क अधिकारी/वरिष्ठ सल्लाहाकारमा सन्तोष गुरुङ, कोषाध्यक्षमा दीया राई र मिडिया म्यानेजरमा छत्र ह्याङ सुब्बा चयन भएका छन्। समितीका सदस्यहरुमा सुशन थापा मगर, सुदीप तामाङ, समीर पुन मगर, आयुष बस्नेत, सुवि राई चयन भएका छन् भने सल्लाहकारमा अर्जुन ढकाल, बबिन मिश्र, प्रकाश आचार्य र प्रायोजक प्रबन्धकमा सुमन अधिकारी चयन भएका छन्।

सामुदायिक खेलकुद सम्बन्धी गतिविधिहरूलाई सक्रिय रूपमा अगाडी लैजानका साथै खेलकुदमार्फत खेलाडीहरुको प्रवर्द्धन र विकास गर्न गठन गरिएको हिमालयन फुटबल क्लब मेलबर्नको स्थापित क्लबहरू मध्ये एक हो।

हिमालयन फुटबल क्लबले स्थानीय समुदायमा समेत सक्रिय योगदान गर्दै बिभीन्न परोपकारी कार्यक्रमहरुमा सक्रिय भूमिका खेल्दै सामुदायिक टूर्नामेंटहरूका साथै अन्तर राज्य प्रतियोगिताहरूमा भाग लिदै आइरहेको क्लवका सचिव विकास गुरुङले जानकारी गराउनु भयो।

सोही कार्यक्रममा क्लबले सन् २०२१/२०२२ सिजनको लागि आधिकारिक प्रायोजकहरू घोषणा गरेको छ। मुख्य प्रायोजकको रुपमा शैक्षिक परामर्शदाता शोल्भ एजुकेसनका सुमन अधिकारी र बबिन मिश्र रहनु भएको छ भने अन्य प्रायोजकहरुमा ब्लू लोटस कलेजका राजेश आचार्य, क्यापकन होम लोन मेलबोर्नका प्रकाश आचार्य, एपीबी पाट्नर्सका अर्जुन ढकाल र प्रविण थापा, मुस्ताङ प्यालेसका गोविन्द पाठक, सोल्भ ड्रराइभिङका रोशन पंगेनी रहेका छन्।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349