eNepal

मेल्बोर्न बास्केटबल लिगको फाइनलमा पुगेर नयाँ इतिहाँस रच्दै सुमीत थापा

मेल्बोर्नको प्रतिस्ठीत बास्केटबल लिग (एमबीएल लिग) मा मेल्वर्न निवासी सुमीत थापा इतिहाँसमै पहिलो पटक फाइनलमा पुगेर नयाँ इतिहाँस राख्न सफल भएका छन्।

४ वर्षअघि सुमीत थापा एमबिएलमा रेभेन्स टिमको हिस्सा बनेका थिए । त्यसपछि उनी सन् २०१९ मा ब्ल्याकबर्न ग्रिफिन्समा आबद्द भए। त्यहाँ उनको यात्रा सेमिफाइनल सम्म मात्र रहेको थियो। 

सन् २०२० को सिजनमा  ग्रिफिन्सका क्याप्टेन बनेका सुमीतले रोस्टरमा ठूला परिवर्तनहरू गर्दै सेमिफाइनल सम्म आफ्नो टीमलाई पुर्याउन सफल भएका थिए।उक्त सिजनमा च्याम्पीयन एमएलभी चार्जर्ससँग पराजित भए।

४ सिजनपछि उनी एमबीएलको ग्राण्ड फाइनलमा पुगेका छन्। ग्रान्ड फाइनलमा पुग्ने उनीनै पहिलो नेपाली खेलाडी हुन् । उनी अप्रिल १० मा फाइनलको लागि रेडब्याकहरूसँग लड्नेछन्।

काठमाण्डौ पेप्सीकोलामा जन्मेका सुमीत सन् २०१५ मा अस्ट्रेलीया आएका थिए।सन् २०१७ बाट भिक्टोरीयन लिगमा जोडीएका सुमीतले अस्ट्रेलीयामा रेभीन्सबाट आफ्नो बास्केटबलको यात्रा सुरु गरेको थिए।सन् २०१९ मा क्याप्टेन भएका सुमीत सन् २०२०/२०२१ मा क्यापटेन अफ द इयर बन्न सफल भए। 

आफुले नेपाल छँदा खेल्दै आएको पेप्सीकोलामा रहेको बास्केटबल कोर्टलाई जियोर्णदार गर्दै उनले सहयोग समेत गरेका छन्। 

यो लिग जित्नलाई आफु तयारी अवस्थामा रहेको र यो पटक नेपाली समुदाएको लागि  नयाँ इतिहास रचाउन आफु लागि परेको बताएका छन्।यो पक्कै पनि अस्ट्रेलीयामा रहेका नेपालीहरुलाई गौरवको बिषय बन्ने छ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349