eNepal

ग्रेटर जिलोङ नेपाली समाजको एजिएममा बैज्ञानिकहरु, ८० बर्षिया दिलमायाद्धारा पुरस्कार बितरण

ग्रेटर जिलोङ नेपाली समाजको पहिलो वार्षिक साधारण सभाको बन्द सभाको समाप्तीपस्चातको खुला सत्र अस्ट्रेलियन सरकारी निकायको रुपमा बैज्ञानिक अनुसन्धानका लागि जिम्मेवार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशनमा वरिष्ठ बैज्ञानिकका रुपमा कार्यरत रही बायोमेडिकल क्षेत्रमा आफूलाई विस्वमा नै एउटा परिचित ब्यक्तित्वको रुपमा स्थापित गर्न समर्थ एबं सामाजिक अभियन्ताको रुपमा साउथ एशियन पब्लिक लिन्क ग्रुपका अध्यक्ष एबं एनआरएनएको स्किल नलेज एन्ड इन्नोभेशन कमिटिका संस्थापक अध्यक्ष एबं खुला विस्वविद्यालय स्थापनाका लागि प्रमुख भूमिका निर्बाह गर्ने ब्यक्तित्वको रुपमा परिचित डा राजु अधिकारीको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । 

मन्तब्य दिने क्रममा डा अधिकारीले ८० को दशकबाट नेपालीको अस्ट्रेलियामा आगमन भए तापनि हाल बिभिन्न देशबाट अस्ट्रेलिया आउनेहरुमा नेपाली समुदायको महत्वपूर्ण स्थान भएका कारण बहुसांस्कृतिक देश अस्ट्रेलियामा बहुसांस्कृतिक देश नेपालको पहिचान प्रबर्द्धन उद्धेस्य प्राप्ती कार्यको लागि नेपाली समुदायले पाको र यस्तै अन्य महत्वपूर्ण कार्यक्रम र महोत्सबहरुलाई माध्यम बनाएर बिभिन्न देशहरुसंग मिलेर काम गरिनुपर्ने बताए ।

स्वागत मन्तब्य दिने क्रममा ग्रेटर जिलोङ नेपाली समाजका संस्थापक एबं बर्तमान अध्यक्ष वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले देश भएमा मात्रै टेक्ने धरातल हुने र आफ्नै पहिचान दिन सकिने भएकोले हर क्षण पहिला नेपाल र नेपाली भावनालाई सर्बोपरी ठानिनुपर्नेमा जोड दिए । 

८ बर्षिया प्रश्मा खरेलले स्वागत नाच प्रस्तुत गरिएको उक्त कार्यक्रममा कार्यक्रम सन्चालिका ग्रेटर जिलोङ नेपाली समाजकी कार्य समिति सदस्य रेजिना प्रधानले समूह बिभाजन नगरी प्रभावकारी एबं मनोरन्जनमूलक खुला हाजिरिजवाफ प्रतियोगिता सन्चालन गरेकी थिइन । 

कार्यक्रममा नेपाल सरकारको सह-सचिबसम्मको जिम्मेवारी निर्बाह गरेर रिटायर्ड जीवन यापन गरिराख्नु भएकी मोती शोभा श्रेष्ठले आफूले लेखेका सत्य र आमा, आँशु, सम्झनाको डायरी र प्रकृति लघु उपन्यासहरु प्रस्तुत गरी थप पुस्तक संस्थालाई प्रदान गरी त्यसबाट हुने आम्दानी संस्थाकै लागि प्रदान गरिने बताइन ।

संस्थाका सल्लाहकार डा बिदुर काफ्लेद्धारा कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा ‘अस्ट्रेलिया डे’ मा आयोजना गरिएको कार्यक्रममा बिजयी र सोही दिनका कार्यक्रमहरुमा बिजयीहरुलाई मेल्टन नेपाली कम्युनिटीका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा पुरस्कार बितरण गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्का, दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, दिदी-बहिनी समाज मेलबर्न वेष्टकी संयोजक रोशनी श्रेष्ठ, भिक्टोरियन बहुसांस्कृतिक आयोगको सल्लाहकार भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, लेखिका एबं नेपाल सरकारका पूर्व सह-सचिब मोती शोभा श्रेष्ठ, बैज्ञानिक डा गिरीराज कट्टेल, इन्जिनियरहरु आदिको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा सामूहिक नाचको आयोजना गरिएको थियो ।


Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349