eNepal

रोमाण्चक प्रतिस्पर्धाका बिच यती एफसीले जित्यो दोश्रो एनआरएनए फुटसल कपको उपाधी

यती फुटबल क्लबले आइतबार भएको एनआरएनए फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।यती एफसीले उपाधि भिडन्तमा प्रतिद्वन्द्वी रोयल फुटबल क्लबलाई २–१ ले जित हाँसील गर्दै लगातार दोश्रो बर्ष उपाधि हात पारेको हो ।

 

डाँफे कन्सल्टिङ एजुकेसन/माइग्रेसनको मुख्य प्रायोजनमा सम्पन्न भएको दोश्रो एनआरएनए भिक्टोरीया फुटसल प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए।

प्रतियगितामा प्लेयर अफ दि टुर्नामेन्ट यति एफसीका अनिल ओझा भए भने उत्कृष्ट गोलकिपर यति एफसीबाटनै एलन न्यौपाने बन्न सफल भए। त्यस्तै सर्वाधिक गोलकर्ता यति फुटबल क्लबबाट अनिल ओझालेनै हात पारे भने म्यान अफ द फाइनल पनि यति फुटबल क्लबका मनदीप सिंह बस्न्यातले जित्न सफल भए।

आरएमआइटी स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगिता जितेसँगै यती एफसीले नगद पन्द्र सय डलर पुरस्कार राशी, मेडल र ट्रफी प्राप्त गर्‍यो। त्यस्तै उप–विजेता रोयल एफसीले एक हजार डलर, मेडल र ट्रफी हात पार्यो। 

सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव ए, बी र सी, हिमालयन टाइगर ए र बी, यती फुटबल क्लव ए, बी, सी र डी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवलले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगीताको संयोजक विजय दाहालले गर्नु भएको थियो।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349