अस्ट्रेलीयाको मेल्बर्नमा नयाँ सुनचाँदीको पसल खोलीएको छ। नेपालीहरुको बाक्लो बस्ती रहेको कोबर्गको बेल स्ट्रीटमा रत्न ज्लेलर्सले आफ्नो सेवा शुरु गरेको छ।
आगामी ६ अप्रिलबाट औपचारीक रुपमा पसल संचालनमा ल्याउने यसका प्रोप्राइटर रवी विस्वकर्माले जानकारी गराउनु भएको छ।
नेपालमा भैरहवामा आफ्नो बुवाले स्थापना गर्नु भएको रत्न सुन चाँदी पसलको शाखा मेल्बर्नमा संचालन गर्न लागिएको हो।
आफू अष्ट्रेलियामा रहेतापनि बुवाको पाइला पछ्याउने सपना देखेका रवीले आफ्नो सपना साकार भएको जनाएका छन्।
बुवाको ६८औं जन्मदिन तथा बुवाले स्थापना गर्नुभएको रत्न सुन चाँदी पसलको ५१औं वार्षिकोत्सवको अवसरमा रत्न ज्वेलर्स मेलबर्न औपचारिक रुपमा प्रारम्भ हुँदैछ।