eNepal

इतिहासमै पहिलो पटक फुटी वोल्डकपमा टिम नेपालले सहभागीता जनाउँदै

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको तीन दशक लामो इतिहासमा पहिलो पटक नेपाली  टिमले फूटी प्रतियोगितामा सहभागीता जनाउने भएको छ। नेपाली सामुदायिक टोलीको सहभागिता सुनिश्चित गर्न अस्ट्रेलियन फुटी इन्टरनेशनलले यो अवसरको लागि नेप्लिज एसोसिययन अफ भिक्टोरियालाई आमन्त्रित गरेको हो।

प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमले सहभागिता जनाउदै छन। नेपाल टिमको लागि रोयल वेस्टर्न क्लबसँगको सहकार्यमा यस पटक न्याभले नेतृत्व गर्ने भएको छ भने एनआरएनए भिक्टोरियाले सहयोग गर्ने भएको छ।

आगामी ३ अप्रिलमा मेल्बर्नको फक्नर पार्क साउथ यारा रग्बी फिल्डमा बिहान ९ बजेदेखि सुरु हुने टच फुटी वर्ल्ड कपमा प्रत्येक टोलीले ३० मिनेटको तीनवटा खेल खेल्नेछन् भने शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

नाइन-ए-साइडमा हुने प्रतियोगितामा प्रती टोली अधिकतम १५ खेलाडी रहनेछन्।कार्निवल प्रकारको वातावरण बनाउन प्रत्येक खेल ३० मिनेटको हुनेछन् भने प्रत्येक खेलमा २ x १२ मिनेटको हाफ अनि थप २ मिनेट हाफ टाइम हुनेछ।

न्याभ उपाध्यक्ष प्रेम राज उप्रेती संयोजक रहुनुभएको यस वोल्डकपमा नेपाल टीमलाई सहभागीता गराउन पाउँदा आफुलाई गौरव महसुस भएको बताउनु भयो। यो हाम्रा लागि गौरवपूर्ण क्षण हो। नेपाली समुदायलाई प्रतीनिधीत्व गर्दै औपचारिक रुपमा निमन्त्रणा प्राप्त गरेर वर्ल्ड कपमा सहभागी हुन जान लागेको पहिलो पटक हो। त्यसैले हामी सबै उत्साहित छौं र तयारीमा जुटिरहेका छौं। यसले हामीलाई यहाँको बहुसांस्कृतिक समाजमा घुलमिल हुने तथा हाम्रो थप परिचय स्थापित गर्ने अवसर पनि मिल्ने छ। यो अवसरलाई हामीले भरपूर सदुपयोग गर्दै हाम्रो आउँदो पुस्ताका लागि पनि मार्गनिर्देशन हुने वातवरण निर्माण गर्न सकिने धारणा ब्यक्त गर्नु भयो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349