eNepal

व्हा हाम्रो नेपाली खाना,हातले ग्वाम्म खानुको मज्जानै बेग्लै नी

के नेपाललाई आफ्नै नेपाली खानाका परिकारहरुबाट विश्व सामु चिनाउन सम्भव छ।के नेपाली खाना भन्ने बित्तीकै करी र भात मात्र हो।किन अहिले पनि नेपाली खाना भन्ने बित्तिकै ईन्डियन र नेपाली खाना लगभग एउटै एउटै हुन् भनेर हामी आफै स्वयम् भन्छौ।किन नेपाली खानालाई गर्व साथ नेपाली खाना भन्दैनौ।के सबै खानाका परिकार भारतको रेसीपी प्रयोग गरेर बनाउँछौ हामी!!

के असनको गल्लीमा ठुलो भाँडोमा पकाएको मोःमो अनि टमटरको अचारमा भुटेको तिलको छोप हालेर मोमोलाई चुर्लुम्म डुबाएर मुखको भित्री भाग यानिकी तालुनै पिल्सीने गरि आँखाबाट आँशु निकाल्दै खाएको मोःमोको स्वाद चाईनिजहरुले बनाएको डम्पलीङमा पाईन्छ।भर्खरको अदबैशे राँगाको ताजा मासुलाई परालको आगोमा बफ्याएर नुन खोर्सानी, लसुन र अदुवाको टुक्रा र प्याजको पत्ता अनि काँचो तोरीको तेलमा झ्याम्म झानेर खाएको छोईलाको स्वाद ग्रील्ड गरेको चिकेनमा पाईन्छ।

खसी वा राँगाको आन्द्रा भुँडी,फोक्सो कलेजोलाई पर्परी भुटेर बनाएको भुटनको स्वाद के हामी स्प्रीङरोल र क्यानेपीजहरुमा पाउँछौ।कालो भटमासलाई मरमसला हालेर पिरो अनि अमीलो बनाई साँधेर खाएको स्वाद के हामी चीप्स र फ्राईजमा पाउँछौ।
बडो अजिव छ हाम्रो त आफ्नो खानानै छैन रे। सबै निर्यातीत खाना रे यानिकी अरु देशको सिको गरेर बनाएको परिकार रे।

आज हाम्रै देशको चियाको खपत बिश्व बजारमा गुण स्तरीय र महङ्गो चियाको रुपमा हुँदै गएको छ।यता हामी भने बिदेशीको सिको गरेर टि व्यागमा पानी हालेर एक चम्ची चिनी घोलेर चिया खाएर नखरा पार्छौ।के त्यो ईलामे चियालाई दुधमा पकाएर मरिच र तेज पत्ता हालेर मज्जाले उमाल्दै ताप्केमा पकाएर सिसाको ग्लासमा खाएको शुद्द नेपाली चियाको स्वाद त्यो जसमीन र केमोमाईल टीमा पाईन्छ।अझ हामी त हातमा केपीचिनो अनि लङ् व्लाक र सर्ट व्लाक खान बानी परेका हरु।

एक चोटी मामाघरमा डढेको दुधमा फापरको ढिडो अनि शुद्द नेपाली लोकल कुखुराको झोलसँग खाने मौका मिलेको थियो।त्यो बेला न ग्याँस थियो न त सोलार।न त राईस कुकर न त प्रेसर कुकर।अहिले किचन र डाईनिङ भन्छन् त्यो बेला भान्सा कोठाको बिचमा अँगेना हुन्थ्यो अनि अगेनामा ओदान अनि केही मकैका ढोड र केही जङ्गलका झिटाझिटीहरु।धुवाँले आँखा मिच्दै कालो ताप्केमा फापरलाई पानी हाल्दै मस्काउँदै ताप्केको पिँधमा टाँसीएको माम्रीसँग शुद्द माली गाईको दुध अनि करेसा बारीको स्कुसको तरकारी र लोकल भालेको झोलमा चोप्दै खाएको त्यो ढिँडोको स्वाद बिदेशी पोरिज र रिजोटोले फेर्छ होला र। कदापी फेर्दैन।

म एकताका मेल्बोर्नको एउटा नेपाली रेस्टुरेन्टमा वेटरको काम गर्थे।रेस्टुरेन्टमा एक जोडी बिदेशीसँधै जसो आउँथे।ति ग्राहकले सधै नेपाली थाली खाना मगाउँथे।अनि खानाको साथमा घ्यु पनि मगाउँथे।म काँटा चम्चा यता कटलरी भन्छन् राख्दिन्थे।तर खाना उठाउँने बेला ती कटलरीहरु ज्युउँ का त्युउँ हुन्थे।मलाई सार्है कौतहुल भयो र एक दिन प्रश्न गरे।कसरि खाना खान्छौ कटलरी त छोएकै छैनौ त। हाँस्दै हात देखाएर भने यो पनि त कटलरीनै हुन् नी तर हाँसोको कुरो हातले खाएर हात चाँही पानीले नधोएर टिस्यु पेपरले पुच्दा रहेछन्।झल्यास्स सम्झे ए यिनिहरु त आची पनि पो टिस्युको नै प्रयोग गरेर पो पुच्छन् त।मन मनै हाँसे जाने बेलामा खानाको तारीफ गर्दै नेपाल जाँदा अन्नपुर्ण ट्रेकिङको बेला नेपाली थालीमा थकाली खाना हातले खाएको रमाईलो र अविस्मरणीय क्षणका यादहरु मसँग साट्दै धन्यबाद भनेर $२० टिप्स हातमा राखेर गए।

हामी बिदेशी रक्सी र रम अनि विस्की भने पछि मरिहत्ते गर्छौ।अझ नेपाल गईयो भने बिदेशी रक्सी र ब्रान्डेड वाईन उपहार लैजान्छौ।हामीले कहिले सोचौं मार्फाका स्याउबाट बनाईएका डाँडा घरे वाईन ति बिदेशी मदिरा भन्दा कति गुणा स्वादीला र नसालु हुन्छन् ।आज बिदेशीहरु त्यही वाईनहरु कोशेली बोकेर आउँछन्।के हामी ती वाईन लाई बिदेशका बजारमा प्रबर्दन गर्न सक्दैनौ!

त्यसैले नेपाल प्राकृतीक अनि साँस्कतीक रुपमा मात्र धनी छैन।नेपालीहरुको आफ्नो खानाको छुट्टै पहिचान छ र त्यो अन्तरास्ट्रीय स्तरमा चिनाउनु आजको आवश्यक्ता छ।नेपाल भित्र रहेका बहु जातीहरुका खानाका आफ्नै बिशेषताहरु छन्।यस्ता धेरै खानाहरु छन् जसलाई अन्तरास्ट्रीय स्तरमा प्रबर्दन गर्नु अपरिहार्य छ जसको माध्यमबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्रीन सकुन र नेपालको पर्यटन बिकासमा यसले टेवा पुर्याउन सकोस।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal