eNepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा यती फुटबल क्लव मेल्बोर्नले आयोजना गरेको कन्डेल कल्सल्टेन्सी क्लवको एघारौं सँस्करण भव्यताका साथ सम्पन्न भएको छ।

१२ मार्च र १३ मार्च गरेर दुई दिन सम्म संचालन भएको प्रतियोगितामा मेल्बोर्न, सिड्नी, क्यानबेरा, टास्मानिया र एडीलेडबाट गरेर खुल्ला उमेर समुहमा २४ टीम, फरएभर योङ्ग समुहमा ९ टीम गरेर जम्मा ३३ टीमबाट ६६० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

 

खुल्ला उमेर समुहबाट पेनाल्टी सुटआउटमा यति क्लब रातोले यति क्लब नीलोलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो। विजेताले उपाधिसँगै ट्रफी र ४५ सय डलर अष्ट्रेलियन डलर हात पार्न सफल भयो भने दोश्रो हुने यति क्लव निलोले ट्रफी मेडलको साथमा दुई हजार डलर प्राप्त गर्न सफल भयो ।

त्यस्तै सेकेन्ड रनर अप गिरीश इभेन्ट स्पोर्टिङ क्लब भयो भने फेयर प्लेको अवार्ड एडिलेड ड्र्यागन एफसीले हात पार्यो।प्लेयर अफ द टुर्नामेन्ट यती एफसी रातोबाट विवेक प्रताप पन्त बने भने यती एफसी निलोका एलन न्यौपाने उत्कृष्ट गोलकिपर बन्न सफल भए।

सर्वाधिक गोलकर्ताको पुरस्कार गिरीश इभेन्ट स्पोर्टिङ क्लबका विकास गौचन,  रोयल वेस्टर्न एफसीबाट जगजित श्रेष्ठ र यति एफसी निलोबाट सुलभ मास्केले हात पारे। फाइनल प्रतियोगिताको म्यान अफ द म्याच यती एफसी रातोबाट गोकुल छन्त्यालले हात पार्न सफल भए।

पैतीस बर्ष माथी समुहको प्रतीस्पर्धामा माछापुच्छ्रे एफसीलाई पेनाल्टी सुटाउटमा शून्यका विरुद्ध दुई गोल अन्तरले हराउँदै पारा पार्कले उपाधि जित्न सफल भयो।प्रतियोगिताको फेयर प्ले टीम क्रेगिबर्न ब्रिगेड एससीले हात पार्यो भने प्लेयर अफ द टुर्नामेन्ट राइज लिम्बु बन्न सफल भए। पारा पार्क एफसीबाट कुनाल योन्जनसर्वाधिक गोलकर्ता, पारा पार्क एफसीबाटै समीर तुलाधर उत्कृष्ट गोलकिपरका साथै फाइनलको म्यान अफ द म्याच बन्न सफल भए।

प्रतियोगितामा एनआरएनका अध्यक्ष नन्द गुरुंग, एनआरएनए भिक्टोरीया कोअडीनेटर हरी खड्का, भिक्टोरियन मल्टिचल्चरल कमिशनका पर्शुराम शर्मा लुईटेल, न्याभका पूर्वअध्यक्ष तारा गैरे, जोग लिम्बु, एनआरएन अष्ट्रेलिया युथ कोअर्डिनेटर बबिन मिश्र, ब्लूबेरी रियल स्टेटबाट विनित राज शर्मा, महादेब घानुक, द हिमालयन क्लबका अध्यक्ष एवम् सारथी एकाउन्टेन्स एण्ज एडभाइजरबाट केशव सापकोटा लगाएत दर्जनौ क्लव र सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

प्रतियगिता सफलता पूर्वक सम्पन्न भएकोमा आयोजक क्लबका अध्यक्ष राज शर्माले खेलाडीहरु, कोच, रेफ्री लगाएत सम्पुर्ण स्वेमसेवक, सँघसंस्था, प्रायोजकहरुलाई बिशेष धन्यबाद दिनु भयो।

नकआउटपछिको हरेक गोलको एक सय डलर दिने घोषणा गरेको ब्लूबेरी रियल स्टेटले ३० भन्दा बढी गोलकर्ताहरुलाई हरेक गोलको सय डलरका दरले वितरण गरेको थियो भने बालबालीकाको लागि कृयाकलाप, लेडीज प्यानल्टी सुटआउट, भेट्रन्स फुटवल म्याच, ओपन क्रसबार च्यालेन्ज, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु राखीएको थियो। मेलबर्न भिक्ट्री सामुदायिक प्रशिक्षकहरूले बच्चाहरूको लागि बिषेश क्लिनिकको व्यबस्था समेत गरीएको थियो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349